२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा गर्मी बढ्यो

२०७५, ७ जेष्ठ सोमबार ०९:०५

जेठ ७ गौशाला | जिल्लामा केही दिनदेखि अति गर्मी बढेकोे छ ।बिहानैदेखि चर्को घाम र दिउँसो तातो हावाले गर्दा जिल्लाको तापक्रम ३० देखि ४० डिग्रीसम्म पुगेकाले यहाँका बासिन्दालाई गर्मीले सताएको हो । 

गर्मीका कारण जिल्लाको १० नगरपालिका र पाँच पाउँपालिकाका बासिन्दालाई दिउँसो घर बाहिर निस्कन कठिन भएको छ भने शहर बजार सुनसान देखिन्छ । तातो हावाले जिल्लाको वातावरण २४सै घण्टा अस्तव्यस्त बनेको छ । 

गर्मीका कारण बालबालिका, वयस्क र वृद्धवृद्धालगायत सम्पूर्ण जिल्लावासी प्रभावित भएकाले विरामीको संख्या बढेको सम्बद्ध अस्पतालका चिकित्सकले जनाएका छन् । 

त्यस्तै गाउँ गाउँमा रहेका सयौँ पोखरी, तलाउ, इनार र नदी पनि सुकिसकेकाले मानिससहित बस्तुभाउ र पशुपंक्षीलाई पनि पानी खानलगायत समस्या हुनुका साथै खेतबारीमा लगाइएको बालीनालीसमेत सुकेर बजारमा हरियो सागसब्जीको समेत अभाव भएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो