२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सडक समितिमा महिलाको हस्तक्षेप

२०७२, ३० चैत्र मंगलवार ०९:१८

पर्वत–राजनीतिक खिचातानीले पुरुषहरुबिच विवाद भएपछि यहाँका महिला मिलेर सडक निर्माण उपभोक्ता समितिमा हस्तक्षेप गरेका छन्। तीन पटक बैठक बस्दासमेत पुरुषबीच विवाद र आर्थिक अपारदर्शिताका कुरा बाहिर आएपछि महिलाले हस्तक्षेप गरी महिलाहरु मात्रै रहेको ११ सदस्यीय समिति गठन गरेका हुन्।

एक दशकदेखि निर्माणाधीन रहेको लुंखु–ज्यामिरे–हुवास सडकमा अहिलेसम्म तीन करोड बढी रकम खर्च भइसकेको छ। चालू आर्थिक बर्ष स्तरोन्नतिका लागि आठ लाख ५४ हजार रुपैयाँ बजेट बिनियोजन भएको छ। तर, उपभोक्ता समिति गठनमा पुरुषले राजनीतिक रुपमा एकले अर्कोलाई स्वीकार नगरेपछि चालू आर्थिक वर्षको तीन महिना बाँकी छदासम्म खर्च हुन सकेको छैन।

विकासको काममा सधैँ पुरुषबीच विवाद हुने गरेपछि महिलाले हस्तक्षेप गरेर महिला मात्रैको समिति गठन गरेको जिल्ला विकास समिति पर्वतका वरिष्ठ सामाजिक परिचालक चन्द्रबहादुर क्षेत्रीले बताए। ुपुरुष–पुरुषबीच राजनीतिक रुपमा सधैँ विवाद हुने भएपछि महिलहरुले हस्तक्षेप गरेर भोर्ले गाविसकी रिता रानाको अध्यक्षतामा सडक निर्माण उपभोक्ता समिति गठन गरेका हुनु, क्षेत्रीले भने।

उता सडक समिति अध्यक्षको जिम्मेवारी लिएकी रानाले पुरुषको विवादका कारण गाउँको विकासमा असर परेपछि बाध्य भएर महिलाहरुले सडक निर्माण उपभोक्ता समितिमा हस्तक्षेप गरेको बताइन्। ुपार्टीगत रुपमा एकले अर्कोलाई नस्वीकार्ने गर्दा सडकमा आएको पैसा नै फिर्ता हुने आशंका बढ्यो त्यसैलेसबै महिला रहने गरी सडकको समिति बनायौुं, रानाले भनिन्।

उनले विगतमा पुरुषले नेतृत्व लिदा हुने कामको दोब्बर प्रगति देखाउने दाबी गरिन्। ुमहिलाहरु मात्रै समितिमा रहदा के गर्छन भन्ने सोचेका होलान तर यो समितिले बजेटमा स्टीमेट गरिएको भन्दा दोब्बर प्रगति गरेर देखाउँछु, उनल भनिन्।

सडक निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष सरस्वती अधिकारीले आँफू तीन पटक पुरुषको नेतृत्वमा कोषाध्यक्ष पदमा बसेपनि सडकमा भएको कामप्रति चित्त नबुझेको बताइन्। ुअहिले धेरै महिलाहरुले साथ दिनुभएको छ, पहिलेको काम भन्दा निकै राम्रो हुने अपेक्षा गरेकी छुु, अधिकारीले भनिन् ।

-नागरिकमा खबर छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ