२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

पत्रकार दनुवारमाथि आन्दोलनकारीको दुब्र्यवहार, एप्रोन डायरी र कलम जलाईदिए

२४ भाद्र २०७२, बिहीबार ०४:५६

अजयकुमार साह, भदौ २४, उदयपुर ।
हिमालय टेलिभिजनका उदयपुर सम्बाददाता यमन दनुवारलाई आन्दोलनकारीहरुले विहिबार बिहान अन्दाजी ११ः३०
विहानको समयमा सिरहाको लहानमा दुब्र्यवहार गरेका छन् ।

patrakar

लहानबजारको सप्तऋषी हस्पिटल नजिकै
आन्दोलनकारीहरुको एक समूहले पत्रकार दनुवारलाई बन्दको फोटो खिच्ने क्रममा दुब्र्यवहार गरेको पत्रकार
दनुवारले बताउनुभयो । पत्रकार हो भन्दै परिचय दिएपनि आन्दोलनकारीहरुले आफुहरुको समाचार प्रकाशन प्रशारण
नगरिदिएको भन्ने आक्रोश पोख्दै दुब्र्यवहार गरेको पत्रकार दनुवारले बताउनुभयो । पत्रकार दनुवारले लगाइ
राखेको हिमालय टेलिभिजनको एप्रोन, परिचयपत्र, डायरी र कलमसमेत खोसेर च्यात्दै जलाएको दनुवारले जानकारी
गराएकाछन् ।

पत्रकार दनुवारले प्रयोग गरेको बा.९ प. ४०३९ नम्बरको यमहा वाईबिएकस मोटरसाईकलसमेत
जलाउन खोजेका आन्दोलनकारीहरुबाट भागेर बचेर गाईघाट आईपुग्नु भएको थियो । स्थानीय संघीय राज्य
साप्ताहिकका प्रकाशक सम्पादकसमेत रहेका पत्रकार दनुवार नेपाल पत्रकार महासंघ शाखा उदयपुरका कार्यसमिति
सदस्य, आदिबासी जनजाति पत्रकार महासंघका केन्द्रिय सदस्य र क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय
सदस्य हुनुहुन्छ ।

सिरहाका प्रमूख जिल्ला अधिकारी मानबहादुर विश्वकर्माले पत्रकारमाथि
दुब्र्यवहार भएको जानकारी पाएको बताउनुभयो । आन्दोलनको नाममा घुसपेठ बढेको र त्यसले पत्रकार लगायत
नागरिकको असुरक्षा बढ्नुका साथै आन्दोलन अनियन्त्रित बन्दै गएकोले आज (विहिबार) दिउसो २ बजेदेखि
दंगाग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय समेत भएको उहाँले जानकारी दिनुभयो ।

यसैबीच नेपाल पत्रकार
महासंघ शाखा उदयपुरले पत्रकार दनुवारमाथिको दुब्र्यवहारको घोर भत्सर्ना गरेको छ । त्यसैगरी आदिबासी
जनजाति पत्रकार महासंघ उदयपुरले पनि घटनाको कडा भत्सर्ना गर्दै पत्रकार सुरक्षाको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य