२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा दुई गाउँको ३५ घरमा अर्थिङ

८ जेष्ठ २०७५, मंगलवार ०७:४२

जेठ ८ खोटाङ | चट्याङबाट हुने जोखिम न्यूनीकरणका लागि खोटाङको नुनथला र खिल्कुका बासिन्दाको घरमा अर्थिङ गरिएको छ । 

हरेक वर्ष चट्याङले जनधनको क्षति गरेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको महुरे र सोही नगरपालिकाको वडा नं १४ खिल्कुका ३५ घरमा अर्थिङ गरिएको हो । 

हरेक वर्ष पर्ने चट्याङले मानिसको ज्यानसमेत लिएकाले स्थानीय महुरे प्राकृतिक सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्यमा प्रत्येक घरमा अर्थिङ गरिएको जालपा मावि नुनथलाका शिक्षक हेमविक्रम राईले बताउनुभयो ।

 “चट्याङले हरेक वर्ष हाम्रो गाउँमा एक–दुईजनाको ज्यान लिने गरेको छ ।” उहाँले भन्नुभयो, “त्यो अनपेक्षित रुपमा हुने क्षति न्यूनीकरण गर्ने प्रयासस्वरुप हामीले प्रत्येक घरमा अर्थिङ गरेका हौँ ।” 

वर्षा शुरु भएसँगै गाउँमा अर्थिङ गरिएका घरका बासिन्दा भयरहित वातावरणमा बस्न पाएका छन् । चट्याङका कारण हरेक वर्ष मानवीय तथा भौतिक क्षति हुँदै आए पनि जिल्लामा पहिलोपल्ट महुरे र खिल्कुमा सिंगो गाउँमा अर्थिङ गरिएको हो । 

सामुदायिक वनको रकमले अर्थिङका उपकरण खरिद गरेर ल्याएको र नून, कोइलालगायतका स्थानीय सामग्री भने घरधनीले नै व्यवस्था गरेको शिक्षक राईले बताउनुभयो । 

जिल्लामा हरेक वर्ष चट्याङका कारण भौतिक र मानवीय क्षति हुने गरेको छ । विज्ञका अनुसार चट्याङबाट बच्न अर्थिङ उत्तम उपाय हो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो