२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ्गमा सम्मानजनक अभिभावक पालन पोषण गर्ने सम्मानित

८ जेष्ठ २०७५, मंगलवार १०:१७

चिसाङ शेर्पा/जेठ÷८ खोटाङ | खोटाङमा आफ्नो पाको आमा बुवा, सासू ससुरालाई राम्ररी पालन पोषण गर्ने ९ जना सम्मानित भएका छन् । अग्रज अभिभावकहरुको सम्मान सहित पालन पोषण गर्ने ५ बुहारी, २ छोरा, १ छोरी र १ भतिजा सम्मानित भएका हुन् । 


जेष्ठ नागरिक जिल्ला संघ खोटाङको १ दिने अन्तरक्रिया कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका १०४ बर्षीय मणि शुन्दर वजिमयका छोरा धन कुमार वजिमय, लफ्याङका १०० बर्षीय वैजनाथ आचार्यका बुहारी उषादेबी आचार्य, दिक्तेलका  ९४ बर्षीय दृप नारायण आचार्यका बुहारी इश्वरा देबी आचार्य, दिक्तेलकै ९३ बर्षीय मसीनी थापा खत्रीका भतिजा लाल बहादुर खत्री, सोही वडाका १११ बर्षीय डम्भर कुमारी आचार्यका छोरी बिमला पौडेल, ८३ बर्षीय गणेश बहादुर खत्रीका छोरा दान बहादुर खत्री सम्मानित हुनुभएको हो । 

यस्तै, लफ्याङका ८३ बर्षीय तेज बहादुर बुढाथोकीका बुहारी हिम कुमारी बुढाथोकी, दिक्तेलका ८२ बर्षीय नरमाया पोखरेलका बुहारी पिङला पोखरेल र सोही वडाका ८४ बर्षीय चन्द्र माया कार्कीका बुहारी इन्दिरा कार्की सम्मानित भएकी हुन् । 

सम्मानित ब्यक्तिलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, उममेयर बिणादेबी राई, प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेल, जेष्ठ नागरिक जिल्ला संघका अध्यक्ष दुर्गा घिमिरे लगायतले सम्मानपत्र र जनही ५ सय रुपैयाँका दरले सम्मान गर्नु भएको थियो । 

नगरपालिका र महिला विकास शाखाको आयोजनामा भएको अन्तरक्रियामा सहभागीले अस्पताल, यातायात, बैंक, होटल, पार्क लगायतमा जेष्ठ नागरिकका लागि छुट्टै सेवा सुविधा दिने स्थान हुनुपर्ने बताएका छन् । समिक्षालयमा सयांैको भिडमा जम्मा भएका जेष्ठ नागरिकले नगरपालिका÷गाउँपालिकाले छिटो जेष्ठ नागरिक परिचयपत्र, जेष्ठ नागरिकका लागि दिवा सेवा भवन निर्माण, धार्मिक भ्रमणको लागि बजेट व्यवस्थापन, जेष्ठ नागरिकहरुको कानुनी अधिकार जानकारी, बिकासे निर्माणका उपभोक्ता समितिमा जेष्ठ नागरिकको ३५ प्रतिशत सहभागी गराउनुपर्ने लगायतका ९ सुत्रिय माग नगरपालिकालाई बुझाइएको जेष्ठ नागरिक जिल्ला संघका अध्यक्ष दुर्गा घिमिरेले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो