2026-09-19 08:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फर्केर हेर्दा २०७२

महेन्द्र जिसी

२०७२ सालमा  देशमा तीन ठुला घटना भए साना दर्जनौ घटना घटन पुगे ।  वैशाख १२ र २९ गतेको भुकम्पमा हजारौले घरबार र आफन्त गुमाए । नाकाबन्दीको चपेटाले पनि नेपालीलाई त्यतीकै सतायो । ईन्धन र महँगीको मारले  सर्वसाधरणले सरकारको अनुभुती गन पाएनन । नत भुकम्पको राहन नै समयमा पाए पिडीतले । संविधानको उपलब्धि पनि नेपालले हात पारेको छ यो सालमा । आगामी वर्षका लागि चुनौती अवसर दुवै  थमाएर गयो  छ वर्ष २०७२ ले  ।

शुरु भएको दुइ साताबाटै  विनासकारी भुकम्पको  त्रासमा  परेका   पर्वतेलीले २०७२ साललाई  हर्स र विश्मात  दुबै तर्फबाट बुझ्ने अवसर पाए । वैशाख १२ र २९  गते आएको  महा भुकम्प र त्यसपछिका काहाली लाग्दा दिन जिल्लावासीले पनि विताउनु प¥यो । भुकम्बबाट जिल्लाका  १३ सय परिवार प्रभावित बन्न पुगे ।  सरकारले तात्काल राहत दिने उदेश्यले प्रधानमन्त्री राहत कोष खडा ग¥यो । केही रहातका  सरसहयो छिमेकी राष्ट्र पनि जिल्लामा भित्राउने काम भयो ।  तर सहज रुपमा वास्तवीक पिडीले राहतको महशुस भने  गर्न सकेकनन  पाल र त्रिपाललका भरमा वर्षा कट्यो । एक द्धवार प्रणालीमा राहत वितरण गर्ने सरकारी योजना अधुरो बन्यो ।  आफ्नै वलवुताले भुकम्पको त्रासलाई सहजतामा बदल्दै  जिल्लाबासीले असोजको पहीलो साता  घोषणा भएको नयाँ संविधानको  उत्सव  मनाए । जिल्लामा कृयाशिल राजनीतीक दल अन्य संघसंस्था तथा सरकारी निकायका पधाधिकारीको सहभागितामा उत्सव मनाइयो । समग्रमा विपदका पुर्व तयारी नभएका कारण  घटेका घटनासँग सन्तुलीत नै रहयो  पर्वत ।  २०७२सालले  धरै शिक्षा र आगामी चुनौती थमाएर गएको नेकपा एमाले जिल्ला अध्यक्ष पदम गिरीको  भनाई छ ।

संविधानको उत्सव मनाउन नपाउँदै अर्को नाकाबन्दीको दशा  भोग्नु प¥योे  जिल्लाबासीले  । मंसीरको पहीलो साताबाट भएको नाकाबन्दीले जिल्लामा औषधि मुलो र आम सर्वसाधरणको चुलो वल्न पनि हम्मे हम्मे  पु¥यायो । दैनीकी कष्कर बन्यो महंगीको मारमा आम जनता  पिल्सीनु प¥यो । खाना पकाउने ग्याँसका लाइन र पेट्रोल डिजेलको लाइन वस्नु जिल्लाबासीको दैनीक  बन्यो  । अझै खाना पकाउने ग्याँसका   सहजता हुने सकिरहेको छैन  छैन । विपदको समयमा पिडीतको पिडामा महलम लगाउँदै  सक्दो राहत उपलब्ध गराएको नेपाल रेडक्रस सोसाईटी पर्वतले भने ०७२ धेरै पिडादाई वर्षको रुपमा बुझेको छ ।जिल्ला सभापति रुद्र बहादुर रिमालले  अन्य वर्ष भन्दा पिवद र चुनौतीका लागि स्मरणीय वर्षको रुपमा ०७२ रहेको बताउनु भयो ।

नाकाबन्दीको अवसर पारी कालावजारी पनि जिल्लामा नमौल्याएको होईन । वर्षको अन्त्यमा कालावजारीको प्रशासनले भेउ पायो तर कार्वाहीको प्रकृया भने.  अझै अलपत्र छ ।  भुकम्पको समयमा स्थानीय स्तरमा राहत संकलन गरेर विपदको मल्हम लागएका  कल्वहरुको लागि  सेवा गर्ने मौका जुरायो  यो वर्षले   तर फलदायी भने नभएको  कल्वका पदाधिकारीहरुको भनाई छ । लयन्स कल्वका वसन्त कर्माचार्यले सेवा गर्ने र आत्मीयता दर्शाउने अवसर ०७२ ले दिएको बताउनु भयो । त्यस्तै गरी रोट¥याक्टका सन्तोस पौडेलले पनि ०७२ सालमा केही फाईदा भएपनि धेरै गुमाउनु परेको गुनासो गर्नुभयो ।

यसरी २०७२ सालले आम  जिल्लावासीलाई अवसर र चनौती दुवै थमाएर गएको छ । संविधानको कार्यान्वयन , विपदको पुर्ननिर्माणसँगै राज्य पुर्नसंरचनाका गर्वीला विषयमा आगामी वर्ष २०७३ सक्ष्म बन्नु पर्छ । आम जनता राजनीतीक दल र नियामन निकायले गएको वर्ष शिक्षालाई आत्मसाथ गरेर  भाईचार र बन्धुत्वको सम्बन्ध बलियो बनेका आगामी वर्ष सक्षम वर्षको रुपमा रहने जिल्लावासीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई