२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनबाट नेकपाको अध्यक्षसहित १७ जनाको प्रतिनिधित्व(नामावलीसहित)

१० जेष्ठ २०७५, बिहीबार ०७:००

जेठ १० चितवन | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्षसहित चितवनका १७ जनाले केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने अवसर पाएका छन् । 

देशको मध्यभागमा रहेर पनि राजधानीसहित अन्य अवसरबाट वञ्चित जिल्लाबाट सत्तासिन दलमा केन्द्रीय अध्यक्ष र १६ जना सदस्यले प्रतिनिधित्व गर्न पाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

तत्कालीन नेकपा (माओवादी केन्द्र)का जिल्ला इन्चार्ज ईश्वरी भट्टराईका अनुसार केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल र नेता रामबहादुर थापा नौ सदस्यीय सचिवालयमा पर्नुभएको छ । त्यसैगरी तत्कालीन माओवादी केन्द्रबाट ११ जना र तत्कालीन नेकपा (एमाले)बाट छजनाले केन्द्रमा प्रतिनिधित्व गर्ने अवसर पाएको उहाँले बताउनुभयो । 

तत्कालीनको माओवादी केन्द्रबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा, अमिक शेरचन, नारायण दाहाल, डिआर पौडेल, सूर्य सुवेदी, सन्तु दराई, ईश्वरी भट्टराई, रेणु दाहाल, गंगा बेल्बासे र ज्ञानु बस्नेत केन्द्रीय सदस्य बनेको भट्टराईले बताउनुभयो । 

त्यस्तै तत्कालीन एमालेबाट पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, काशीनाथ अधिकारी, देवी ज्ञवाली, सीता पौडेल, केशवलाल श्रेष्ठ र कृष्ण खनाल केन्द्रीय सदस्य बन्नुभएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल