२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

सवारी दुर्घटनामा दश महिनामा मोरङमा मात्रै ९५ को मृत्यु

२०७५, १० जेष्ठ बिहीबार ०७:५०

जेठ १० विराटनगर | चालु आर्थिक वर्षको १० महिनामा मोरङ जिल्लामा ४२२ वटा सवारी दुर्घटना भई ९५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । 

गत साउनदेखि वैशाख अवधिमा सो दुर्घटनाका कारण मृत्यु हुनेमा ८० पुरुष, नौ महिला, दुई बालक र चार जना बालिका छन् । सवारी दुर्घटनामा परी २२७ जना गम्भीर घाइते र ३८९ जना समान्य घाइते भएको सहायक प्रहरी निरीक्षक तुलामणि आचार्यले जानकारी दिनुभयो ।  

अहिले जिल्ला ट्राफिक कार्यालय मातहतमा रहेका ९० जना ट्राफिक प्रहरीमध्ये १ नं प्रदेशको राजधानी विराटनगर महानगरपालिकामा ४५ र अन्य ट्राफिक प्रहरी मोरङका मुख्य बजार एवं शहर उर्लावारी, पथरी, रंगेली, विराट चोकमा केन्द्रित भएर काम गरिरहेको बताइएको छ । 

राजमार्ग तथा आसपासका क्षेत्र एवं बजारमा सवारी दुर्घटना हुँदा तत्काल ट्राफिक प्रहरी पुग्नुपर्ने भएकाले ट्राफिक प्रहरीको दरबन्दी र साधन अत्यन्त आवश्यक रहेको छ निरीक्षक आचार्यले भन्नुभयो । 

यसैगरी, सो अवधिमा ४२ हजार ४७२ वटा सवारी साधन ट्राफिक प्रहरीको कारबाहीमा परी कूल रु दुई करोड ३१ लाख ३६ हजार जरिवाना असुलउपर गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी