जिल्लाका विभिन्न स्थानका दश जना युवाहरुका लागि दिक्ते"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जिल्लाका विभिन्न स्थानका दश जना युवाहरुका लागि दिक्ते"/>

2026-09-19 11:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दिक्तेलमा ३ महिने निःशुल्क मोवाईल मर्मत तालिम

चिसाङ शेर्पा/जेठ÷११ खोटाङ | दिक्तेलमा ३ महिने निःशुल्क आधारभूत मोवाईल मर्मत तालिम सुरु भएको छ ।

जिल्लाका विभिन्न स्थानका दश जना युवाहरुका लागि दिक्तेलमा मोवाईल मर्मत तालिमको सुरुवात भएको हो ।

‘संमृद्ध नेपाल निर्माणका लागि स्वस्थ र कर्मठ युवा’ भन्ने मुल नाराका साथमा राष्ट्रिय युवा परिषद नेपालले प्रत्येक वर्ष सञ्चालन गर्ने कार्यक्रम अन्तरगत जिल्ला युवा समितिको आयोजनामा बिहीबारदेखी सुरु भएको तालिमलाई खोटाङ अक्वा मिनिरल वाटर उधोगका सञ्चालक तथा मिरमिरे जलका प्रोपाईटर फुर्वा शेर्पाले रिबन काटेर सुरुवात गरेका छन् ।

वेरोजगार युवालाई स्वरोजगारमुखी बनाउने उद्देश्यले सञ्चालित तालिममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका नविन खत्री, दिक्तेल २ का विष्णु प्रसाद आयार्य, बाम्राङका अगम कार्की, खाल्लेका एलस खत्री, राज कुमार श्रेष्ठ, नेर्पाका सुमन रिजाल, नुनथलाका विजय विक, दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका राजेश विक, विकेश बाबु राई र साकेला गाउँपालिका–५ मात्तिमका सुजन खत्री तालिममा सहभागी रहेका छन् ।

सहभागी प्रशिक्षार्थीलाई समितिकै कार्यालयमा दिक्तेल प्राविधिक शिक्षालयका प्रशिक्षक सन्जीव राईले प्रशिक्षण गराउने जिल्ला युवा समिति खोटाङका अध्यक्ष राजेन्द्र राईले बताउनुभयो । सानादेखी ठूलासम्मका कार्यक्रम नेता तथा उच्च ओहोदाका कर्मचारीले उद्घाटन गर्ने परम्परालाई तोड्दै जिल्लाकै युवा उद्यमीको हातबाट तालिमको सुरुवात गरिएको अध्यक्ष राईले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ