जिल्लाका विभिन्न स्थानका दश जना युवाहरुका लागि दिक्ते"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जिल्लाका विभिन्न स्थानका दश जना युवाहरुका लागि दिक्ते"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दिक्तेलमा ३ महिने निःशुल्क मोवाईल मर्मत तालिम

११ जेष्ठ २०७५, शुक्रबार ०६:४६

चिसाङ शेर्पा/जेठ÷११ खोटाङ | दिक्तेलमा ३ महिने निःशुल्क आधारभूत मोवाईल मर्मत तालिम सुरु भएको छ ।


जिल्लाका विभिन्न स्थानका दश जना युवाहरुका लागि दिक्तेलमा मोवाईल मर्मत तालिमको सुरुवात भएको हो ।

‘संमृद्ध नेपाल निर्माणका लागि स्वस्थ र कर्मठ युवा’ भन्ने मुल नाराका साथमा राष्ट्रिय युवा परिषद नेपालले प्रत्येक वर्ष सञ्चालन गर्ने कार्यक्रम अन्तरगत जिल्ला युवा समितिको आयोजनामा बिहीबारदेखी सुरु भएको तालिमलाई खोटाङ अक्वा मिनिरल वाटर उधोगका सञ्चालक तथा मिरमिरे जलका प्रोपाईटर फुर्वा शेर्पाले रिबन काटेर सुरुवात गरेका छन् ।

वेरोजगार युवालाई स्वरोजगारमुखी बनाउने उद्देश्यले सञ्चालित तालिममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका नविन खत्री, दिक्तेल २ का विष्णु प्रसाद आयार्य, बाम्राङका अगम कार्की, खाल्लेका एलस खत्री, राज कुमार श्रेष्ठ, नेर्पाका सुमन रिजाल, नुनथलाका विजय विक, दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका राजेश विक, विकेश बाबु राई र साकेला गाउँपालिका–५ मात्तिमका सुजन खत्री तालिममा सहभागी रहेका छन् ।

सहभागी प्रशिक्षार्थीलाई समितिकै कार्यालयमा दिक्तेल प्राविधिक शिक्षालयका प्रशिक्षक सन्जीव राईले प्रशिक्षण गराउने जिल्ला युवा समिति खोटाङका अध्यक्ष राजेन्द्र राईले बताउनुभयो । सानादेखी ठूलासम्मका कार्यक्रम नेता तथा उच्च ओहोदाका कर्मचारीले उद्घाटन गर्ने परम्परालाई तोड्दै जिल्लाकै युवा उद्यमीको हातबाट तालिमको सुरुवात गरिएको अध्यक्ष राईले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो