पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>अर्घाखाँची ११ जेठ।</b> अर्घाखाँची जिल्ला अस्पतालका विरामीहरुको लागि रेडक्रस अर्घाखाँचीले झुल तथा कम्मल हस्तान्तरण गरेको छ । <br></p><p>भर्ना भएका विरामीहरुलाई लक्षित गरि १५ थान सुपर नेट झुल र १० थान कम्मल रेडक्रस अर्घाखाँची शाखाका प्रमुख शम्भु पोख्रेलले जिल्ला अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीलाइ हस्तान्तरण गर्नु भएको हो । </p><p>गर्मीको समयमा अस्पतालमा भर्ना भएका विरामीहरुलाइ लामखुट्टेबाट बचाउन झुल र विरामीको सुविधाको लागि कम्मल प्रदान गरिएको रेडक्रसका सभापति पोख्रेलले बताउनु भयो ।</p>

