पढ्न करिब 2 मिनेट लाग्छ

दान वहादुर बुढा | जेठ ११, मुगु | नेपाल सरकारको निती नियम अनुसार देश केन्द्र सरकार ,प्रदेश सरकार तथा स्थानिय निकायमा स्पान्तरण भए पछि अब स्थानिय तहमा योजना कसरी तर्जमा गर्ने बिषयमा सन्चालन भएको २ दिर्ने योजना नागरीक समाज तथा सस्थाका कर्मचारीहरुका लागी स्थानिय सरकारको सहथागिता मुलक योजना प्रक्रिया सम्बन्धि तालिम सम्पन्न भएको छ ।

केएर नेपालको आर्थिक सहयोग स्थानिय सस्था पुर्न निमार्ण तथा अनुसन्धान बिकास केन्द्र (आरआरडिसी) मुगु द्धरा संचालित अवसर परीयोजना अन्तरर्गत सनचालन गरीएको तालिममा नागरीक समाज,उद्योग वाणिज्य संघ, दलित, महिला, अपाङ्ग, पत्रकार संघ र सस्थाका कर्मचारी तथा अन्य बिभिन्न क्षेत्रका गरी २९ जना सहभागी रहेका थिए ।

जिल्लको साविकका १० गा.वि.स मा, कृषि,शिक्षा,स्वास्थ्य क्षेत्रमा काम गदै आएको अवसर परियोजना ले अवका स्थानिय जनसमुदायलाई वडा लेवलबाट गाँउपालिका ,नगरपालिका सम्म वडा गाँउ टोलमा रहेका अति आवश्य प्रर्ने योजनालाई कसरी लैजान सकीन्छ भन्ने हतुले यो २ दिर्ने योजना तर्जमा तालिम सन्चालन गरीएको अवसर परियाजना अन्तर्रगत केएर नेपाल मुगु कार्यलयका परियोजना व्यबस्थापक राम सिहं ठगुन्नाले जानकारि दिनुभयो ।

खासै योजना तर्जमा कसरी गर्ने वडा गाँउ बस्ती टोल बाट गाँउ पालीका वडा पालिका सम्म कसरी छनोट गरी लिर्ने भन्र्ने बारे थाहा थिएन यो तालिमबाट धेरै कुरा सिकीयो बुझियो । अब योजना छनोट गर्न सजिलो भाको तालिममा सहभागी डिल बहादुर मल्लले बताएका छन ।