2026-10-18 03:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

‘कुशको औठी लगाएर अरुण तेस्रो ओली सरकारले भारतीयलाई बुझायो’

जेठ १२, अर्घाखाँची | राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको चौथो जिल्ला सम्मेलन सनिबार देखि सन्धिखर्कमा सुरु भएको छ । राष्ट्रियको रक्षा र संघियताको खारेजी हाम्रो अभियान, समृद्ध अर्घाखाँचीको लागि चौथो  जिल्ला सम्मेलन भन्ने मुलनाराका साथ सम्मनेल सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ । सम्मेलनको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक कार्यक्रमका बिच उद्घघाटन गर्नुभएको हो । 

उद्घाटन कार्यक्रममा मनतब्य राख्दै अध्यक्ष केसीले विदेशबाट आउने रेमिटान्सले देश चल्न नसक्ने भन्दै वार्षिक रुपमा विदेशबाट आउने ७ खर्वले अब यो देशलाई धान्न नसक्ने बताउनु भयो । उहाँले केन्द्रमा थोरै अधिकार राखेर स्थानीय तहलाई धेरै अधिकार दिएर संघीय प्रदेश खारेज गर्नुपर्ने बताउँदै केन्द्र र स्थानीय तहलाई जोड्न सानो प्रशासनिक इकाई भए पुग्ने बताउनु भयो । पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केसीले संघीयतालाई खारेज नगरिए संघीयताले देश खारेज गर्न सक्ने बताउनुभयो । केसीले आफ्नो पार्टीले एमाले र माओवादीको एकतालाई स्वागत गरेको बताउदै एकतालाई दृघकालीन बनाउन आग्रह समेत गर्नु भएको थियो  ।

सरकारले बिभिन्न क्षेत्रको सिण्डीकेट हटाएर राम्रो काम गरेकोप्रति  धन्यबाद दिदै, अब सत्तामा रहेका ठुला भ्रष्टाचारी र तस्करीहरुलाई जनताले देख्नेगरी कारवाही गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालको जल, जमिन, जंगललाई भारतले होल्ड गरेर आफ्नो अनुकुलमा राख्न खाजेको उल्लेख गर्दे विभिन्न समयमा भारतसंग भएका असमान सन्धि भारतको पक्षमा भएको बताउनुभयो । कुशको औठी लगाएर अरुण तेस्रो ओली सरकारले भारतलाई बुझाएको भन्दै नेता केसीले देशमा वामपन्थीको सरकार भएपनि भ्रष्टाचार, महंगी र कालोबजारी बढेको बताउदै सरकारले राष्ट्रवादी कुरा गरेपनि देशको राष्ट्रियता, सार्भभौमिकता र अखण्डता कमजोर बनेको बताउनुभयो । 

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पुर्ब  महासचिव सन्तबहादुर नेपाली ,राजमो ५ नम्बर प्रदेश सदस्य शेरबहादुर बिसि,नेता सागर केसि,किसान संघका केन्द्रीय महासचिव कृष्ण केसि,अनेम संघकी केन्द्रीय उपाध्यक्ष सकुन्तला राना,बुद्धिजीवी संघका जिबनारायण खनाल, ट्रेड युनियनका केन्द्रीय उपाध्यक्ष गोबिन्द बिसि, अखिल छैठौंका केन्द्रीय उपाध्यक्ष देबेन्द्र कुवर, नेकपाका प्रतिनिधि रामबहादुर चौहान,नेपाली काँग्रेसका सभापति बिष्णु खनाल मुस्कान, नयाँशक्ति पार्टीका टोपबहादुर बलाल, जनप्रतिनिधिको तर्फबाट बाबुराम सुनार, अखिल नेपाल युबक संघका कुलराज खनाल, पत्रकार महासंघका अध्यक्ष हिम जिसि लेकालि, लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो । 

कार्यक्रम राजमो जिल्ला अध्यक्ष झबिलाल थापाको अध्यक्षता,उपाध्यक्ष पशुपति ढकालको स्वागत मनतब्य र सचिव गोपाल पौडेलको सञ्चालनमा सम्पन्न भएको हो । उद्घाटन सत्रपछि बन्द सत्रमा सांगठानिक र आर्थिक प्रतिवेदन माथि छलफल गरी, नयाँ नेतृत्व चयन गरिने आयोजकले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु