२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

छुट्टाछुट्टै शिविरमा नौ सय जनाको स्वास्थ्य परीक्षण

१३ जेष्ठ २०७५, आईतवार ०१:०३

जेठ १३, भक्तपुर (रासस) | जिल्लाको सूर्यविनायक नगरपालिका–१ सिरुटार र दधिकोटमा शनिबार छुट्टाछुट्टै भएको स्वास्थ्य शिविरमा नौ सय जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । 

दधिकोटमा गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा हेल्दी हार्ट क्लिनिक एण्ड मल्टिस्पेशालिटी, गठ्ठाघरको प्राविधिक सहयोगमा भएको शिविरमा ५१३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । मुटु, प्रसूति र आँखा रोगको उपचारमा भएको शिविरमा ७ वर्षीया बालिका साकिरा सुनुवारको मुटुमा प्वाल परेको पाइएको छ । 

शहीद गंगालाल हृदयरोग केन्द्रका विशेषज्ञ एवं हेल्दी हार्ट क्लिनिकका प्रमुख डा रोशन राउतको नेतृत्वमा भएको शिविरमा मुटुरोगको परीक्षण गराएका मध्ये धेरैको उच्च रक्तचाप, मुटुको भल्भ साँघुरो भएको, मुटु सुन्निएका बिरामी पाइएको छ । मुटुको इसिजी, इकोसमेत निःशुल्क गरिएको शिविरमा चिनीरोग, आँखा, जनरल फिजिसियन, प्रसूति रोगको परीक्षण गर्नाका साथै निःशुल्क औषधि पनि वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष विकास खड्काले जानकारी दिनुभयो । 

प्रसूति रोग विशेषज्ञ डा जमुना किरण पौडेलका अनुसार प्रसूति समस्या लिएर शिविरमा आएका मध्ये आङ खस्ने समस्या, फिस्टुला र अधिकांश महिलाको पाठेघरमा संक्रमण पाइएको छ । 

शिविरमा मुटुमा प्वाल परेको बालिका सुनुवारको गंगालाल हृदयरोग केन्द्रले निःशुल्क उपचार एवं शल्यक्रिया गर्ने केन्द्रका प्रशासकीय प्रमुख राम आचार्यले जानकारी दिनुभयो । 

त्यसैगरी, शनिबार नै सूनपा–१ सिरुटारमा उपयोगी महिला आयआर्जन समूहले आयोजना गरेको निःशुल्क आँखा शिविरमा ३५५ जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ । शिविरमा ३६ जनामा मोतियाबिन्दु भएको र उनीहरुको तिलगंगा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने भएको समूहकी कोषाध्यक्ष एवं कार्यक्रम संयोजक मुना राउतले जानकारी दिनुभयो । 

तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा औषधिसमेत निःशुल्क वितरण गरिएको थियो । सोही कार्यक्रममा ग्रिन तारा नेपालले सञ्चालन गरेको निःशुल्क परिवार नियोजनसम्बन्धी परामर्श सेवामा समेत ३०० महिलाले परिवार नियोजनका बारेमा जानकारी पाएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य