१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दुरुपयोग नगर

३ बैशाख २०७३, शुक्रबार ०३:५२

पछिल्लो समयमा पर्यटकीय गन्तव्य स्थानका रुपमा प्रख्यात हुदै गएको छ । जिल्लामा रहेका धार्मिक तथा एतिहासिक बस्तु, यहाँको प्रकृतिक सुन्दरता र मनमोहक छाँगा छहरा, धार्मिक महोत्व बोकेका गुफा तथा अनेक प्रकारका सौन्दर्यताले जिल्लामा पछिल्लो समयमा पर्यटकको आगमनमा बृद्धि भैरहेको छ । नेपालकै लामो र अग्ला दुइ पुल, मोदी नदिमाथि बनेको कुश्मा–ज्ञादी र कालीगण्डकी नदीमाथि बनेको बडगाउ“– कैया झोलुङ्गे पुलले पछिल्लो समयमा पर्यटकलाई आकर्षक गरेको छ ।

वडागाउँ–मुडिकुवा जोड्ने अर्को अग्लो पुलको निर्माण कार्य शुरु भएको छ भने पर्यटकको लागि साहसिक खेलका रुपमा चिनिने बल्जीजमको लागि पनि तयारी भैरहेको छ । नजिकै मिनि यान्त्रीक पुल (केवलकार), छेउमै गुप्तेश्वर र अल्पेश्वर गुफा, सहश्रधारा, दुर्लुङको एतिहासिक दरबार तथा कोट, मल्लाजको मल्लाज दरबार, डहरेको लेक, चित्रेको पंचासे, सेतीबेणीको शालिग्राम शिला, कुश्मा मोदीवेणी दिव्यधाम लगाएतका अनुपम र मानिसलाई आकर्षक गर्ने लालीगुरासँ लगाएतका प्रकृतिक मनोरम दृश्य अबलोकलन तथा एसियाकै ठूलो शिला भएको जिल्ला भएता पनि प्रचारप्रसारको अभावका कारण जिल्लाको पर्यटन व्यवसाय कमजोर र दयनीय बनेको      छ ।

जिल्लाको पर्यटन प्रर्वद्धनको लागि तीन बर्षमा १ करोड भन्दा बढी रकम विनियोजन भएको छ तर जिल्लाको पर्यटन प्रर्वद्धनमा कुनै कार्य हुन सकेको छैन । कोठे कार्यक्रम र आफुलाई पर्यटनविद भन्नेहरुले वजेटको दुरुपयोग गरेको खबर बाहिर आएको छ । जसका कारण पनि पर्यटन प्रर्वद्धनको लागि आवश्यक पर्ने भौतीक संरचना तथा पदमार्गको पहिचान हुन सकेको छैन ।

जसका कारण पर्यटकहरु कुन ठाउँमा के छ भन्ने कुराको      बारेमा जानकारी लिन सकेका छैनन् । नजिकै कालीगण्डकी नदी छ गर्मी मौसम शुरु भएसँगै ¥याप्टीङको लागि हजारौ पर्यटन जिल्लामा भित्रिन्छन् तर व्यवस्थीत र पर्यटकको लागि ठाउँठाउँमा बस्ने क्याम्पको व्यवस्था मिलाउन नसक्दा उनीहरु समस्यामा पर्ने गर्छन् यो त एक उदाहरण हो पैदल यात्राको लागि जिल्लामा भित्रिने पर्यटनको लागि पनि छोटो पदमार्गको पहिचान नहुदाँ समस्यामा परेका छन् ।

वर्षेनी लाखौ रकम पर्यटन प्रर्वद्धनको लागि विनियोजन हुन्छ तर काम भने शुन्य जसका कारण पर्यटकको गन्तव्य स्थानका रुपमा पर्वत     परिचित हुन सकेको छैन । सरोकारवाला निकायले पर्यटन प्रर्वद्धनको लागि विनियोजन भएको रकम सहि ठाउँमा प्रयोग गर्ने हो भने जिल्लको पर्यटन  विकास हुने थियो अन्यथा माल पाएर पनि चाल नपाएको पक्का कहलिनेछ । यसतर्फ सवैको ध्यान जानु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल