१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सडक बालबालिकाको लागि कन्सर्टको आयोजना

३ बैशाख २०७३, शुक्रबार ०४:१०

20160414_193030-650x366पर्वत, सामाजीक रुपाण्तरणको लागि इच्छा शक्ती सबै भन्दा ठुलो कुरा हो । चाहाना भए उपाए अनेक । नयाँ २०७३ को अबसर पारी पर्वत सदरमुकाममा क्रियाशिल पर्वत एडभेन्चर क्लवले कन्सर्टको आयोजना गरेको छ । सडक बालबालिकाको जिवनमा सुधार ल्याउनको लागि उक्त कार्यक्रमको आयोजना गरीएको आयोजकले जनाएको छ ।

पर्वतका केहि साँसदहरुले आफ्ना नजिकका रेडियोहरुलाई लाखांै रुपैया छुट्टाएको घटना चर्चामा रहेका बेला एउटा सामाजिक कार्यमा क्लवले आफुहरुले आफ्नो खाजा खर्च कटाएर राष्ट्रिय स्तरका ब्याड तथा कलाकार बोलाएर गरेको कन्सर्टको सर्बत्र स्वागत भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी कल्पना चापागाईले युवाहरुले गरेको कामको खुलेर प्रशंसा गर्दै आफुले सक्दो सहयोग गर्ने बताइकी छन् । उनले सचेत युवाहरुले सडक बालबालिका सहयोगको लागि गर्न लागेको कार्यक्रममा आउँन पाउँदा खुसी लागेको बताउँदै भनिन् देशको बिकास गर्नको लागि यसै गरि निस्वार्थ रुपमा युवाहरुलाई अगाडी बढ्न आग्रह समेत गरेकी छन् ।

कार्यक्रम बारे प्रकास पार्दै कन्सर्ट कार्यक्रमका मुल संयोजक अच्युत तिवारीले भने हामी युवाहरु समाजको एउटा सचेत हिस्सा होऔं हामीले समाजलाई केहि गर्नुपर्छ भन्ने उद्येश्य राखेर यो कन्सर्ट आयोजना गरेको बताए । उनले भने धेरै मानिसहरुले हामीलाई माया गरेर सडक बालबालिकाको नाममा सहयोग गर्नुभएको छ हामीले उहाँहरुको माया तथा सहयोगलाई सहि तरिकाले प्रयोग गर्नेछौं भन्दै प्रतिबद्धता समेत राखे ।

बिसाल रेग्मीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको संचालन संचारकर्मी एभरेष्ट गहतराजले गरेको थिए । कार्यक्रममा जिब्बी कृयशन ब्याड, डि–मोर्चा ब्याड, गायक कमल खत्री, रबिन खड्काले प्रस्तुती दिएका थिए भने कन्सर्टको संञ्चालन संचारकर्मी तथा लोक गायक कृष्ण समिप सुबेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल