२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनको चेपाङ बस्तीमा अनिकाल, दुई छाक टार्न पनि धौ धौ

१३ जेष्ठ २०७५, आईतवार ०८:१७

नारायण अधिकारी/जेठ १३ चितवन | जिल्लाको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई यतिबेला दुई छाक खान धौ धौ परेको छ । चामलको भात त परको कुरा दुई छाक खोले फाँडो खान पनि मुस्किल भएको छ । 

राप्ती नगरपालिका वडा नं १० कोराकका पहलमान चेपाङले सिंगो गाउँमै अनिकाल लागेको बताउनुभयो । जेठ र असार महिना बाँच्न कठिन हुने पीडा सुनाउँदै उहाँले भन्नुभयो, “कसैका पनि घरमा अन्नपात छैन, जंगलमा गिठा भ्याकुर पाइँदैन परिवारलाई के खुवाउने ।” 

काउलेकी कोपिला चेपाङले पनि दुई छाक खान कठिन भएको बताउनुभयो । श्रीमान्ले ज्याला मजदूरी गरेर ल्याएको थोरै पैसाले खोले फाँडो खाएर बाँच्नु परेको उहाँको गुनासो थियो । एक दुई घर होइन, सबैको पीडा उस्तै छ । 

काउलेका पदमबहादुर चेपाङले यो समस्या पहिलेदेखि हुँदै आएको बताउनुभयो । स्थानीय तह बने पनि यो समुदायको अनिकालको समस्या टार्न कसैको चासो नभएको उहाँले बताउनुभयो । सबैका घरमा खाद्यान्न सिद्धिएको र बारीमा खानेकुरा उत्पादन भइनसकेकाले अनिकाल लागेको उहाँको भनाइ थियो । 

इच्छाकामना गाउँपालिका वडा नं ६ का वडाध्यक्ष भूपेन्द्र चेपाङले सबैलाई अनिकाल लागेकाले केही गर्ने उपाय नरहेको बताउनुभयो । यो समय नै अनिकालको समय भएको भन्दै उहाँले अबका दिनमा कसरी जीविकोपार्जन गर्न सकिन्छ भन्ने विषयमा स्थानीय तहमा छलफल चलाइएको जानकारी दिनुभयो । 

आयआर्जन बढाउन कतिपय ठाउँमा बाख्रा वितरण गरिएको भन्दै वडाध्यक्ष चेपाङले त्यस क्षेत्रका बासिन्दाको आयआर्जन बढाउने कार्यक्रम ल्याउन सकेमा चेपाङ समुदायले अनिकाल व्यहोर्नु पर्ने अवस्था समाधान हुन्थ्यो भन्नुभयो । 

“चेपाङ बस्तीमा जेठ र असार महिना अन्न बाली भित्रिइसकेको हुँदैन, साग सिस्नु पनि बारीमा हुँदैन । कन्दमूल पनि सकिन्छ ।” नेपाल चेपाङ संघका जिल्ला अध्यक्ष लक्ष्मण चेपाङले भन्नुभयो, “मंसिरमा भित्रिएको अन्न जेनतेन चैत वैशाखसम्म चल्छ । साउनमा मकै नपाकुन्जेल भोकमरी नै हुन्छ ।” 

विगतमा यतिबेला फल्ने गरी कागुनो रोप्ने गरिए पनि पछिल्लो समय त्यो खेती पनि राम्रो हुन छाडेपछि उनीहरुले रोप्न छोडेको र पिडालु, जंगली तरुलजस्ता कन्दमूल र चमेरा पनि नपाउने हुँदा संकट परेको उहाँले बताउनुभयो । 

यतिबेला चेपाङले निमेक ज्याला र ऋण गरेर खोले फाँडो खाने, माउ सिस्नो खाने, चिउरी मगाएर खाने गर्छन् । 

जिल्लामा चेपाङको जनसंख्या २८ हजार ३६३ छ । उनीहरुमध्ये आधाको आफ्नै नाममा जग्गा दर्ता छैन । उनीहरुको जग्गाबाट भएको उब्जनीले जेनतेन छ महिना चल्ने भएकाले जेठ असारमा अनिकाल नै व्यहोर्नु पर्ने भएको हो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल