महेन्द्र जिसी
विहीबार मध्य रातमा सल्केको आगोले शंकर पोखरी गाविसका ३ ,४ वडामा फैलिएको राक्से सामुदायी वनको ५० रोपनी क्षेत्रफल सखाप भएको छ । वडाको ४ मा रहेको कुवा पानी भन्ने स्थानबाट सल्केको आगोले ४ नम्वरको सबै वन सखाप पारेको हो । गाविसका दुई सय कुरीयाले उपभोव गर्दैै आएको वनमा मध्य रातमा आगो देखीएको स्थानीय हरी प्रसाद तिवारीले जानकारी दिनुभयो ।
एक्कासी आगोको मुस्ला देखीएपछि नियन्त्रणमा आँफुहरु लागेपनि आयो बुधबार दिन भर जंगलमा फैलिएर रहेको तिवारीले बताउनु भयो । नियन्त्रणका लागि शसस्त्र प्रहरी तथा नेपाल आर्मी र स्थानीयको पहल भईरहेको स्थानीयले बताएका हुन । वर्षौ देखी नकाटीएको वन भएका कारण शुकेका मुढा तथा पात र झाडी भएका कारण आगो नियन्त्रणमा आउन नसकेको हो । वन भिर र पहरामा फैलिएका कारण पनि आगो नियन्त्रण असहज भएको स्थानीय युवा रमेश क्षेत्रीले बताउनु भयो । स्थानीयका अनुसार बुधबार दिउँसो ३ वजे सम्म पनि नियन्त्रणमा आउन सकेको छ्रैन ।
१२ घण्टा भन्दा बढी समय आगलागी भएपछि वनको ५० रोपनी क्षेत्रफल जलेर नष्ट भईसकेको छ । जिल्लामा फाल्गुन महीना लागेसँगै दर्जन भन्दा बढी स्थानमा आगलागी भईसकेको भएपनि जिल्ल वन कार्यलयले भने कुनै पुर्व तयारीको थालनी गरेको छैन । कर्मचारीहरुले स्थानीयलाई सजग गराई रहेको जिल्ला वन अधिकृत कृष्ण प्रसाद ढकालले जानकारी दिनुभयो ।
नव वर्ष चैते दशैको विदाको अवसरमा आँफु जिल्ला बाहीर भएका कारण आगलागीको कुनै पनि जानकारी नभएको ढकालले बताउनु भयो । । सामुदायीक वनमा आगो लागि भएर अहीले सम्म जिल्लाको पाँच घर नष्ट भइसकेका छन भने दर्जन भन्दा बढी सामुदायीक वनमा आगोलागि भइसकेको छ ।