2026-07-25 12:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मोदीबेनीका बृद्धहरुलाई सामाग्री वितरण

milan-f-1-400x343पर्वत, ग्रामिण क्षेत्रको स्वास्थ्य र शिक्षामा निरन्तर सहयोग गर्दै आएको मिलन फाउन्डेसन नेपालद्वारा जिल्लाको कुश्मा नगरपालिका अन्तरगत मोदीवेनी धामका पुजारी सहित १६ जना बृद्ध–बृद्धाहरुलाई एक कार्यक्रमको ओयोजना गरि राहत सामाग्री बितरण गरिएको छ ।
फाउन्डेसनले खोल सहितको सिरानी, गर्मिमा ओढ्ने पातलो ब्लाङकेट, झुल, लुगाधुने साबुन, नुहाउने साबुन, कोलगेट र ब्रस, नङकट, काईयो, कपालमा लगाउने तेल, हातपुच्छने रुमाल र बिस्कुट बितरण गरेको छ ।

यसको साथै कुश्मा स्थित गोपाङघाट गुम्बा, आनन्द गुम्बा र दुर्लुङ भुमेकोटको पुजारीहरुलाई एकरएक थान उपभोग्य सामाग्री बितरण गरिएको छ । पर्वतका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले उदघाटन ८२ वर्षिय आमा साबित्रीलाई उपभोग्य सामाग्री दिई उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै प्रजिअ ढकालले मिलन फाउन्डेसन नेपालले गर्दै आएको उत्कृष्ट कार्यको प्रशंसा गरे ।

कार्यक्रममा राष्ट्रिय अनुसन्धान अधिकृत विष्णुहरी पण्डित, नृसिंह मन्दीरका गोपाल दास बैरागी, मोदिकाली बुद्ध सेवा समाज तथा आनन्द गुम्बाका अध्यक्ष धनरास गुरुङ, बौद्ध धर्म सेवा समिति गोपाङघाट गुम्बाका अध्यक्ष दमबहादुर गुरुङ, दुर्लुङकोट ब्यवस्थापन समितिका अध्यक्ष सु. सुकबहादुर गुरुङ, होटल माउन्टेनका संचालक तथा समाजसेवी शान्ता गुरुङ र प्रगतीशिल आमा समुह दुर्लुङका अध्यक्ष धनकुमारी गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।

मिलन फाउन्डेसन नेपालका कार्यवहाक अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा स्वागत तथा उद्देश्य माथि प्रकाश मिलन फाउन्डेसन संरक्षक दुर्गा गुरुङ मिलन र कार्यक्रमको संचालन मिलन फाउन्डेशन नेपालका सचिव मदन गुरुङले संचालन गरेका थिए । सोही कार्यक्रममा तिलाहार ५ पर्वतका इन्द्रकला लामिछानेलाइ औषधी उपचारको लागि संरक्षक दुर्गा घोतानेले एक हजार र सक्रिय सदस्य गौरी थापा मगरले पाँच सय पाँच रुपैया प्रदान गरेका थिए । धौलागिरीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक