Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अस्पतालको फार्मेसीले मेडिकलको सिन्डिकेड तोडियो

By साझासवाल 4 मिनेट पढाइ

जेठ १४, अर्घाखाँची | जिल्ला स्वास्थय कार्यलय अर्घाखाँचीले सन्धिखर्क अस्पताल फामेर्सीको सुभारम्भ गरे पछि मेडिकलहरुको सिन्डीकेट तोडिने भएको छ । । विरामीहरुले बाहिर मेडिकल तथा क्लिनीकहरुमा गएर महंगोमा किन्नु पर्ने औषधी सुलभ मुल्यमा अस्पतालको हाता भित्रै पाइने भएको छ ।

एमआरपि मुल्यको ५ प्रतिशत छुटमा  अस्पतालको हाता भित्रै औषधी पाइने भएपछि स्थानीयलाइ फाइदा हुने भएको छ । पाँच प्रतिशत छुटमा अस्पताल भित्रै औषधी पाइने भएपछि औषधी पशलेहरुको सिन्डीकेट पनि तोडिने भएको छ ।

अस्पताल फार्मेसीको सुभारम्भ गर्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले सन्धिखर्क अस्पतालमा पाइने निशुल्क औषधीको ब्यबस्था गर्न नगरपालिका तयार रहेको बताउनु भयो । उहाले मानिसको स्वास्थयमाथी खेलवाड नगर्ने र औषधीको लागि बजेट कमी भएमा नगरपालिकालाइ थाहा दिनु पर्ने र औषधीको लागि प्रयाप्त बजेट नगरपालिकाले छुट्टाउने बताउनु भयो ।

कार्यक्रममा नगर उप प्रमुख ठाकुरकुमार बिक ,सहायक प्रमुख जिल्ला अधिकारी शंकर भुसाल, अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारी, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत जीबन ज्ञवाली, जिल्ला अस्पतालका प्रमुख डाक्टर जगनाथ तिबारि, अस्पताल विकास समितका पुर्ब अध्यक्ष रामबहादुर चौहान, पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसि, स्वास्थ्य विमा कार्यक्रमका संयोजक खगराज पोख्रेल  लगाएतले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रम अस्पताल विकास समितिका अध्यक्ष उमेश घिमिरेको अध्यक्षता र गणेश पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।