2026-07-26 04:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हावा चल्दा सुर्खेतमा विद्युत अवरुद्ध

जेठ १५, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ठुलो पानी र हावा हुरी चल्दा विद्युत सेवा प्रायः बन्द हुने गरेको छ । विद्युत सेवा अवरुद्ध हुँदा बिजुलीबाट हुने काम अस्तव्यस्त र सेवाग्राहीलाई सास्ती हुने गरेको छ ।

३० वर्ष अघिदेखि सञ्चालनमा आएको कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइनको स्तरोन्नति नहुँदा समस्या आउने गरेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतका प्राविधिहरुले बताउँदै आएका छन् । खडेरी मौसममा हावाहुरी र पानी पर्न सुरु भएपछि सुर्खेत आसपासका गाउँ र दैलेख जिल्लाको बिजुली प्रवाह नियमिति हुन सकेको छैन ।

दिगो विद्युत प्रसारण लाइन अभावमा ०४५ देखि नै यस क्षेत्रका नागरिकले सास्ती भोग्नु परेको छ । अव्यवस्थित र मापदण्ड विपरित विद्युत लाइन बिस्तार गर्दा सानो तिनो हावाहुरीले पनि पोलमा क्षति पुग्दा यस्तो समस्या आएको वितरण केन्द्र सुर्खेत बताउँछ । कोहलपुरदेखी सुर्खेतसम्मका विद्युत लाइनमा बाग्लो जंगलका कारण खडेरीमा रुख ढलेर र वर्षातमा पहिरोले विद्युत सेवा ठप्प हुने गरेको छ ।

प्रदेश ५ को कोहलपुरदेखि सुर्खेत प्रसारण लाइनमा चैत १५ देखि जेठ १५ सम्म मात्रै ७५ भन्दा बढी पोल ढलेका छन् । पोल ढलेर अवरुद्ध भएको विद्युत अझै मर्मत भएको छैन । पर्याप्त जनशक्ति र बजेट अभावले तदारुकताका साथ अवरुद्घ विद्युत सेवा सुरु गर्न कठिनाइ भएको नेपाल विद्युत प्राधिकरण सुर्खेत शाखाका प्रमुख सुरज भण्डारीले जानकारी दिए ।

विद्युत अवरुद्ध हुँदा व्यापार, व्यवसाय, बैकिङ सेवालगायत क्षेत्रमा सेवा प्रवाहमा असर पुगेको छ । सरकारले देशलाई लोडसेडिङमुक्त घोषणा गरे पनि सुर्खेत र दैलेखमा सानोतिनो हुरी चल्दा विद्युत अवरुद्ध हुनु लज्जाको विषय भएको स्थानीय बताउँछन् । मापदण्ड पूरा नगरी विद्युत प्रसारण लाइन विस्तार गरिएकाले सुर्खेत र दैलेखमा बारम्बार विद्युत लाइनमा समस्या आउने गरेको हो ।

मापदण्डअनुसार पोलको दायाँ–बायाँ कम्तीमा तीन तीन मिटर रूख हटाउनुपर्ने प्रावधान छ । तर, तत्कालिन राजा वीरेन्द्रको सुर्खेत सवारी हुँदा आवश्यक तयारी र व्यवस्थापन गर्नका लागि ६ महिनाभित्र हतार–हतार प्रसारण लाइन विस्तार गरिँदा अहिले समस्या भएको नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही बताउँछन् । उनले देश प्रादेशिक संरचनामा रुपान्तरण भएकाले सुर्खेत–कोहलपुर विद्युत लाईनलाई ठूला पोलहरु निर्माण गरेर नियमित गर्नु पर्ने उल्लेख गरे ।

सडक निर्माणअघि नै विद्युत् प्रसारण लाइन विस्तार गरिएकाले मर्मत कार्यमा कठिनाइ भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतका प्रमुख भण्डारी बताउँछन् । उनले कोहलपुर–सुर्खेत खण्डमा भने घना जंगलबाट विद्युत लाइन ल्याइएकाले मर्मतमा समस्या हुँदै आएको जानकारी दिए । ‘कुनै ठाउँमा विद्युत अवरुद्ध भए मर्मतका लागि घण्टौं पैदल हिँड्नुपर्ने, समस्या पहिचान गर्न गाह्रो हुँदा  मर्मतमा ढिलाइ हुने गरेको छ’ भण्डारीले भने, ‘जंगलमा कहाँ बिग्रियो पत्ता लगाउनै मुस्किल पर्छ । खोज्दै दिन वित्ने भएकाले विद्युत नियमित गर्न समस्या हुने गरेको छ ।’

३३ केभीए क्षमताका कारण यस खण्डमा पोलहरू पनि साना भएकै कारण रूखका स–साना हाँगो पोलमा लाग्दा बारम्बार क्षती पुग्ने गरेको छ । सरकारले कोहलपुरदेखि सुर्खेत प्रसारण लाइनको क्षमता विस्तारको प्रक्रिया अघि बढाएको चार वर्ष बितेको पनि हालसम्म प्रक्रिया अघि बढ्न सकेको छैन् । १३२ केभीए प्रसारण लाइनका लागि सुर्खेतको सुब्बाकुनामा स्टेसन निर्माण प्रक्रियासमेत सुरु भइसकेको छ । उक्त प्रसारण लाइनका लागि दुई कर्मचारी पनि खटिएका छन् । तर, कामको प्रगति शून्य छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ