२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णालीका दुर्गम जिल्लामा सुर्खेतबाटै हवाई सेवा

१५ जेष्ठ २०७५, मंगलवार १६:५०

जेठ १५,सुर्खेत । कर्णाली प्रदेशका हिमाली तथा पहाडि जिल्लाहरु प्रदेश राजधानीसंग सिधा हवाई मार्गमा जोडिने भएका छन् । कर्णाली पहाडि जिल्लाहरुमा हवाई सुविधा सञ्चालन गरेको सीता एअरलाइन्सले कर्णालीका जुम्ला, हुम्ला, मुगु र डोल्पामा कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट आगामी असार १५ गतेदेखि प्रदेश राजधानी सुर्खेतवाट हवाई सेवा शुरु गर्ने जनाएको छ ।

कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसंगको छलफल पछि कर्णाली प्रदशेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव वेसिन्दराज सुवेदी र सीता एअर प्रा.लि.का बरिष्ठ महाप्रवन्धक घनश्याम आचार्यले हवाई सेवा सञ्चालन सम्वन्धि प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढा र सीता एअरका प्रवन्ध निर्देशक राजेन्द्रबहादुर सिंह र प्रमुख बजार व्यवस्थापक रिजेश थापासहितको उपस्थिति प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको हो ।

नेपालगञ्जबाट कर्णलीका जिल्लाहरुमा हवाई सेवा सञ्चालन गर्दै आएको सीता एअरले प्रदेश राजधानी सुर्खेतबाट विमानस्थल सञ्चालनमा रहेका कर्णालीका जिल्लाहरुमा डोर्निएर २२८ को जहाजबाट उडान भर्ने सीता एअरका बरिष्ठ महाप्रवन्धक घनश्याम आचार्यले जानकारी दिए । कर्णाली प्रदेशमा पर्यटन र हवाई यातायात सेवाको अभिवृद्धि गर्न प्रदेश राजधानीबाट अन्य जिल्लाहरुमा सिधा उडान भर्न लागिएको बताए । आचार्यका अनुसार सुर्खेतबाट सिधा यात्रामा हवाई भाडादर नेपालगन्जको भन्दा सस्तो पनि हुनेछ ।

कर्णालीका हुम्ला, डोल्पा, मुगु र जुम्ला जिल्लाका नागरिकहरुले कर्णाली प्रदेशको राजधानी सुर्खेत आउन पहिला प्रदेश नम्बर ५ को नेपालगन्ज पुगेर सुर्खेत आउनु पर्ने बाध्यता छ । राजधानीबाट पहाडि जिल्लाहरुमा सिधा हवाई सेवा सञ्चालन भए नेपालगंजदेखि सुर्खेतसम्म ३ घण्टाको सडक यात्रा गर्नु पर्ने बाध्यता टर्ने भएको छ । साविकको कर्णाली अञ्चलमा कालीकोट बाहेकका चार जिल्लामा विमानस्थल सञ्चालनमा छन् भने अन्य जिल्लाहरुमा विमानस्थल अभाव छ ।


 


 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य