२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा प्रहरीको आँखा छलि संविधान जलाईयो

४ आश्विन २०७२, सोमबार २३:४०

अजयकुमार साह/ असोज ५, उदयपुर(गाईघाट) । उदयपुरको सदरमुकाम गाईघाटमा संविधान विरोधी आन्दोलनकारीहरुले सोमबार संविधान
जलाएका छन् । विहान ११ बजे आन्दोलनकारीहरुले गाईघाटको मुख्यचौकमा संविधान जलाएका हुन् । नाराजुलुससहित
नगर परिक्रमा पछि चौकमा जम्मा भएका आन्दोलनकारीहरुले प्रहरीको आँखा छल्दै संविधान जलाएका छन् । प्रहरीले
जलाउन रोक्ने प्रयास गरेको भए पनि उनीहरुले संविधान लेखिएको कागजमा पेट्रोल छर्केर जलाएका थिए । संविधान
जलाउने क्रममा प्रहरी र आन्दोलनकारीबीच केहीबेर ठेलमठेल चलेको थियो ।

sambidhan udaypur

जिल्लामा संघीय समाजबादी फोरम नेपाल, नेकपा
माओबादी बैद्य समुह, नेकपा माओबादी विपल्व समुह, नेकपा माओबादी मातृका समुह थारुहट/थारुवान संघर्ष
समिति, थारु कल्याकारीणी सभा, संयुक्त मधेशी मोर्चा लगायत जिल्लामा ११ वटा दल संविधानको विरोधमा
आन्दोलनरत छन् ।

यता संविधान घोषणा भएकै दिनदेखी आन्दोलन सकिने
र बजार पसल खुल्ने सर्वसाधारणको अनुमान विपरित आन्दोलन झन झन कडा हुँदै गईरहेको छ । आन्दोलनरत पक्षहरु
एकाविहानै कालो झण्डा बोकी सदरमुकाम गाईघाटमा नारा जुलुस गर्दै आईरहेकाछन् । स्थानिय बजार, पसल, उद्योग,
कलकाराखान, विद्यालय सवै ठप्प रहेको छ ।

sambidhan in udaypur

स्थानिय प्रशासनले सुरक्षा व्यवस्था झन कडा
बनाउँदै लगेको छ । २४ औं घण्टा स्थानिय बजार क्षेत्र र आसपासका स्थानहरुमा नेपाल प्रहरी, शसस्त्र
प्रहरी, गुप्तचरहरु खटाईएको छ । कुनै पनि बेला हुनसक्ने झडपको स्थितीलाई नियन्त्रणमा लिन सुरक्षा
व्यवस्था कडा पारिएको र सुरक्षाका सवै अंगहरु हाई अलर्ट रहेको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र
घिमिरेले बताए ।

निरन्तरको बन्दका कारण स्थानिय बजारमा
खाद्यान्न र अन्य दैनिक उपभोग्य सामंग्रीको अभाव हुँदै गईरहेको छ । स्थानिय बैंकहरुमा नोट अभावका कारण
सर्वसाधारणले मागे जति रकम बैंकले दिन नसकेको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र भगतले
बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने