2026-09-19 03:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

पासाङल्हामु सडक एकाइ कार्यालय स्थापित

जेठ १६ रसुवा | त्रिशूली–सोमदाङ सडक निर्माण भएयता रसुवाको सडक रेखदेखका लागि मंगलबारदेखि धुञ्चेमा एकाइ स्थापना भएको छ । 

डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख नीरज शाक्यका अनुसार १०५ किलोमिटरको पासाङल्हामु राजमार्गमा बढ्दो सवारीचाप र ग्राङ–राम्चे क्षेत्रको जीर्ण सडकलाई ध्यानमा राखी नेपाल चीनबीचको व्यापार व्यवसाय अभिवृद्धिमा सहज पार्न धुञ्चेमा स्थापित सो एकाइ जिल्ला शिक्षा कार्यालयको खाली भवनमा राखिएको बताइएको छ । 

जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टलेविसं २०४२ मा बनेको सो सडकमा नयाँ एकाइ कार्यालय स्थापनाले अब नेपाल–चीनको व्यापार व्यवसाय सहज पार्न र सडक मर्मतसम्भारमा मद्दत मिल्ने बताउनुभयो । सडक एकाइमा इञ्जिनीयरसहित दुई प्राविधिक रहनेछन् । बेत्रावतीदेखि रसुवागढीसम्मको पूरै सडक नियमित अनुगमन गर्ने व्यवस्था मिलाइएको बताइएको छ । 

मैलुङ बन्द 

स्याफ्रुबेंसी–मैलुङखण्डको १७ किमी डबल लेन सडक खुल्ने कार्य सम्पन्न भई नेपाली सेनाले यही जेठ ६ गतेदेखि हस्तान्तरण गरेको बाटो हाल बन्द गरिएको छ । नयाँ मार्ग खोलिएका ठाउँमा ढुङ्गा खसी दुर्घटना हुने सम्भावना र अवैध गतिविधि बढ्न सक्ने भएकाले नयाँ सुरक्षाचौकी स्थापना नभएसम्मका लागि बन्द गरिएको प्रहरी निरीक्षक ध्रुव सिलवालले बताउनुभयो । 

नयाँ खोलिएको सडकमा नाली, टेवा पर्खाललगायतका काम अगाडि बढाइन लागेको गल्छी–मैलुङ–स्याफ्रु सडक सुधार आयोजनाका प्रमुख सुबोध देवकोटाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई