२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

माडर भन्सारका प्रमुख हममालद्धारा पत्रकारमाथी हातपातका प्रयास, महासंघद्धारा कार्वाहीको माँग

१६ जेष्ठ २०७५, बुधबार १५:२४

राम नारायण पंडित, जेष्ठ १६, सिरहा । सिरहाका पत्रकार गणेश साह र सन्तोष यादवलाई जेठ १३ गते रिर्पोटिंगको क्रममा माडर भन्सारका प्रमुखले दुव्र्यवहार गरेको छ ।  रिर्पोटिंगको क्रममा गरिएको यस किसिमको कार्यप्रति नेपाल पत्रकार महासंघ सिरहा शाखाले आपत्ती जनाएको छ । सिरहाका माडर भन्सारका प्रमुख राजेन्द्र हमालले पत्रकारद्धय साह र यादवलाई गरिएको दुव्र्यवहारप्रति पत्रकार महासंघ सिरहा कारवाहीको माग गरेको छ । 

भन्सार प्रमुख हमाललाई कारवाही नगरे महासंघ चरणबद्ध संघर्षमा उत्रन बाध्य हुने महासंघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । कार्यालय संचालन रहेको बेला पत्रकारद्धय साह र यादवले कार्यालय प्रमुख हमालसंग मासिक राजस्ववारे डाटा माग गरेका थिए । प्रमुख हमालले भने ‘म संग टाईम छैन, ‘सोधेर हाम्रो कार्यालय आउंनु होला,’ ‘नत्र ठिक हुंदैन ।’ प्रमुख हमालले फोटो लिईरहेका पत्रकारको मोवाईल खोसेर फुटाई समेत दिएको छ । 

प्रमुख हमालले पत्रकारद्धयले लिएको फोटो डिलेट गर्न दवाव दिंदै हातपातको प्रयास समेत गरेको छ । पत्रकारद्धयसंग भएको दुव्र्यवहारवारे प्रदेश २ का आन्तरिक तथा कानुन मन्त्री ज्ञानकुमार यादव र सिरहाका प्रजिअ रुद्रप्रसाद पंडितलाई जेठ १४ गते सिरहामा जानकारी गराएका छन् । 

प्रजिअ पंडितले भने ‘उजुरी हाल्नुस् कारवाही हुन्छ ।’ यता, नेपाल पत्रकार महासंघ सिरहाका सभापती दिनेश्वर गुप्ताले भने ‘सार्वजनिक ठाउंमा गरिएको हातपातको प्रयास गलत हो ।’ यस्तालाई अपराधी शैलीका प्रमुखलाई सार्वजनिक मुद्दा हालेर हिरासतमा लिनुपर्छ ।’ 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य