२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको प्रतापपुर गाउँपालिकाको योजना तथा बजेट तर्जुमा तालीमको बहिष्कार

२०७५, १८ जेष्ठ शुक्रबार ११:२४

श्याम थापा/जेष्ठ १८ सुस्ता | नवलपरासी जिल्ला बर्दघाट सुस्ता पश्चिमको प्रतापपुर गाउँपालिकामा जिल्ला समन्वय समिति बर्दघाट सुस्ता पश्चिम नवलपरासीले आयोजना गरेको योजना तथा बजेट तर्जुमा सम्बन्धि तालीमको बहिष्कार भएको छ | प्रतापपुर गाउँपालिकाका उपाध्यक्ष अन्जु कुमारी चौधरी लगाएत ७ जना वडा अध्यक्ष र ६ जना गाउँ कार्यपालिका सदस्य सहित तालिमको बहिष्कार गरेका छ्न । 


प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माले गाउँपालिकाका उपाध्यक्ष,वडा अध्यक्ष र गाउँ कार्यपालिकाका सदस्यहरुसंग सरसल्लाह नगरि आफ्नो मनमोजी ढंगले कार्य गरेको र गाउँपालिकाको सम्पूर्ण कार्य पारदर्शिता नरहेको भन्दै गाउँपालिकाको अन्य कार्य तथा गतिविधिमा सहभागी नहुने भन्दै तालिम बहिष्कार गरेको गाउँपालिकाकी उपाध्यक्ष अन्जु कुमारी चौधरीले बताउनुभयो । 

त्यस्तै प्रतापपुर गाउँपालिका वडा नं ६ का अध्यक्ष हरेन्द्र यादवको भनाइ अनुसार प्रतापपुर गाउँपालिकाका अध्यक्ष शर्माले गाउँपालिकाबाट भएको कार्यको कुनै किसिमको आफुलाई जानकारी नदिएको र गाउँपालिकाको कर्मचारी र अध्यक्ष शर्मा मिलेर हैकमवादी शासन चलाउन खोजेको कारणले आफुले प्रतापपुर गाउँपालिकाको अन्य गतिविधिलाई पनि बहिष्कार गर्ने उहाँले बताउनुभयो । 

साथै प्रतापपुर गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष हेमेन्द्र कुमार पन्जियारको भनाइ अनुसार प्रतापपुर गाउँपालिकाका अध्यक्ष र गाउँपालिकाको कर्मचारीहरुले वडा अध्यक्ष र गाउँ कार्यपालिकाको सदस्यहरुलाई नटेरेको र गाउँपालिका र वडाबाट संचालन भएको योजनाहरुको पनि गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले वडा अध्यक्षहरुलाई जानकारी नदिने र वडाको सिफारिस बिना योजनाहरुको रकम पछ्यौट गरिदिने जस्ता गलत कार्य गरि रहेको हुदा गाउँपालिकाबाट संचालन हुने  कार्यहरु लाई बहिष्कार गरेको र जबसम्म गाउँपालिकाको अध्यक्ष राजकुमार शर्मा र गाउँपालिकाको कर्मचारीहरुको यस्तो हरकत अन्त्य नहुदा सम्म आफुहरु गाउँपालिकाको गतिविधिलाई बहिष्कार गरिरहने बताउनुभयो ।

बहिष्कारमा प्रतापपुर गाउँपालिकाका उपाध्यक्ष अन्जु कुमारी चौधरी,प्रतापपुर गाउँपालिका वार्ड न १ अध्यक्ष मान बाहादुर चौधरी,वार्ड न ३ का वडा अध्यक्ष दिवाकर प्रसाद थारु,वार्ड न ४ का वडा अध्यक्ष जयन्त्री प्रसाद बडई,वार्ड न ५ का वडा अध्यक्ष त्रिभुवन सिंह,वार्ड न ६ का वडा अध्यक्ष राम हरि उपाध्याय,वार्ड न ७ का वडा अध्यक्ष हरेन्द्र यादव,वार्ड न ९ का वडा अध्यक्ष हेमेन्द्र कुमार पन्जियार रहनु भएको छ । भने गाउँ कार्यपालिका सदस्य संगीता हरिजन,संगीता धोबी,बन्धु प्रसाद बडई,कल्पना चौधरी,सैदुन नेशा र हरिलाल लोहार गरि ६ जना रहेका छ्न । यस बिषयमा प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्मालाई पत्रकार श्याम थापाले फोन बाट कुराकानी गर्दा आफुलाई अनावश्यक दोष मात्र लगाएको गाउँपालिका अध्यक्ष शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो