2026-09-01 09:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

विप्लव समूहले चुनाखानीको एक्साभेटर जलायो

जेठ १९, रत्ननगर | पूर्वी चितवनको कालिका नगरपालिकास्थित शक्तिखोरको कोलारमा सञ्चालित चुनाखानीमा प्रयोग हुँदै आएको एउटा एक्साभेटरमा एक समूहले आगो लगाएको छ । 

शक्तिखोर बजार नजिकै सम्फर्याङमा राखिएको एक्साभेटरमा आज बिहान करीब ४ बजेतिर आगो लगाइएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आगो लगाएका हुन् । 

गाडीमा केही जल्ने वस्तु राखेर चालक बस्ने भागमा आगो लगाएको र आगलागीबाट मेसिनको भाग जलेको छ । घटनास्थलमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पर्चा फेला परेको समेत उहाँले जानकारी दिनुभयो । स्टार लाइम कम्पनीले यहाँको कोलारबाट चुनाखानी उत्खनन गरी सो ठाउँमा ल्याएर राख्ने र त्यहाँबाट एक्साभेटरको सहयोगमा गाडीमा लोड गरेर पठाउँथ्यो । 

घटनास्थलमा जिल्ला जनपरिषद् चितवनको नाममा पर्चा फेला परेको र सो पर्चामा कम्पनीले शक्तिखोरका जनतासँग गरेको सहमति कार्यान्वयन नभएकाले कारवाही गरिएको उल्लेख छ । 

यहाँको खानेपानी व्यवस्थापन, खोलाको तटबन्ध, सडक निर्माण, चुनाखानी माथिको बस्ती संरक्षण र उपरदाङगढीको संरक्षण नगरेको आरोप लगाएको पाँचबुँदे पर्चा भेटिएको ढकालले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली