२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

गरिबी निवारण कोषले आत्मनिर्भर बन्दै मधेसी महिला

१९ जेष्ठ २०७५, शनिबार ११:४३

जेठ १९, नवलपरासी | केही वर्ष पहिला श्रीमानले रकम कमाएर दिए मात्रै व्यक्तिगत र परिवारिक खर्च चलाउदै आउनु भएकी ३० वर्षीय शोभा बढई अहिले आत्मनिर्भर बन्नु भएको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६ विष्णुपुराकी शोभाको दैनिकीमा अहिले परिवर्तन भएको छ । 

साधारण घरपरिवारकी शोभाको जिवनमा भैंसी पालनले आत्मनिर्भर बनाउन ठुलो सहयोग गरेको हो । आत्मनिर्भर बनेसँगै घरायसी झैझगडा र महिला हिंसाजन्य व्यवहार समेत हराउदै गएको छ । विशेष गरी तराई मधेसमा मधेसी महिलाहरु श्रीमान कै कमाईमा अश्रित हुने गरेका छन् । तर, आफै आयआर्जन मुलक काममा लागे खुसी परिवार बनाउन मदत पुग्ने गरेको शोभाले बताउनु भयो । भैंसी पालनले उनलाई आफ्नो व्यक्तिगत खर्च टार्न मात्र नभएर घरको सामान्य खर्च र स्थानीय बोर्डिङ्गमा दुईजना छोराछोरीलाई पढाउन सहयोग पुगेको अनुभव छ । शोभाले गरिबि निर्वारण कोष कार्यक्रमबाट २ वर्ष पहिला ५० हजार ऋण लिएकी थिईन् । उक्त ऋण भैंसी पालन शुरु गरेपछि भैंसीको दुध बेचेरै सांवा र ऋण भुक्तानी गरिसकेको उन्ले बताईन् । अहिले शोभाको गोठमा सानोठुलो गरी ४ वटा भैंसी छन् । एउटा भैंसी एक महिना अघि मात्रै ब्याएको छ । शोभाको दैनिकी अचेल भैंसीको हेरचाह गर्दै वित्ने गरेको छ । भैंसी पालन गरेर आत्मनिर्भर बनेको र परिवार खुसी रहेकाले आफुपनि खुसी रहेको उनको अनुभव छ । शोभा जस्तै धनमति हरिजनपनि आत्मनिर्भर बन्नु भएको छ । उनले पनि ऋणबाट एउटा भैंसी किनेपछि उनको आयआर्जनमा सहयोग पुगेको छ ।


शोभा र धनमति एउटा प्रतिनिधि पात्र मात्र हुन् । विभिन्न संघसंस्थामा लागेर मधेस समुदायका धेरै महिलाहरु सफलताको बाटो तर्फ लम्कीने गरेका छन् । शोभाकै गाउँ बिष्णुपुरामा सरकारको गरिबि निवारण कार्यक्रम अन्तर्गत सञ्चालन भएका विभिन्न सामुदायिक संस्थाहरुका महिलाहरु आयआर्जन तर्फ आकर्षित भएका छन् । ईन्द्रेणी सामाजिक विकास मञ्च बर्दघाटको साझेदारीमा सञ्चालन भएका ति संस्थाका सदस्यहरु भैंसी पालन, बाख्रा पालन, तरकारी खेती, घुम्ती पसललगायतका व्यवसायमा आबद्ध छन् । गरिबी निवारण कोष कार्यक्रम अन्तर्गत जिल्लामा चालिस संस्थाहरु रहेको छन् । त्यसमा १ हजार ८७ सदस्यहरु आबद्ध छन् । कोषले १ करोड १० लाख लगानी गरेको छ । शुरुमा सदस्यहरुले १० प्रतिशत रकम बचत संकलन गरेर कोषबाट आयआर्जन मुलक काममा लगानी गर्न रकम मांग गर्ने गरेका छन् ।


विभिन्न संस्थामा आबद्ध भई महिलाहरु आयआर्जन मुलक काममा संल्गन हुँदा उनिहरुको दैनिकिमा आर्थिक रुपमा सहयोगसँगै विभिन्न हिंसाहरु समेत न्यूनीकरण भएको देखिएको छ । मधेस समुदायमा अधिकांस महिलाहरु बेरोजगार, आयआर्जन मुलक काममा आवद्ध नहुँदा उनिहरुलाई आर्थिक समस्या समेत हुने गरेको छ । जसकारण विभिन्न हिंसा समेत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य