२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

गरिबी निवारण कोषले आत्मनिर्भर बन्दै मधेसी महिला

२०७५, १९ जेष्ठ शनिबार ११:४३

जेठ १९, नवलपरासी | केही वर्ष पहिला श्रीमानले रकम कमाएर दिए मात्रै व्यक्तिगत र परिवारिक खर्च चलाउदै आउनु भएकी ३० वर्षीय शोभा बढई अहिले आत्मनिर्भर बन्नु भएको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६ विष्णुपुराकी शोभाको दैनिकीमा अहिले परिवर्तन भएको छ । 

साधारण घरपरिवारकी शोभाको जिवनमा भैंसी पालनले आत्मनिर्भर बनाउन ठुलो सहयोग गरेको हो । आत्मनिर्भर बनेसँगै घरायसी झैझगडा र महिला हिंसाजन्य व्यवहार समेत हराउदै गएको छ । विशेष गरी तराई मधेसमा मधेसी महिलाहरु श्रीमान कै कमाईमा अश्रित हुने गरेका छन् । तर, आफै आयआर्जन मुलक काममा लागे खुसी परिवार बनाउन मदत पुग्ने गरेको शोभाले बताउनु भयो । भैंसी पालनले उनलाई आफ्नो व्यक्तिगत खर्च टार्न मात्र नभएर घरको सामान्य खर्च र स्थानीय बोर्डिङ्गमा दुईजना छोराछोरीलाई पढाउन सहयोग पुगेको अनुभव छ । शोभाले गरिबि निर्वारण कोष कार्यक्रमबाट २ वर्ष पहिला ५० हजार ऋण लिएकी थिईन् । उक्त ऋण भैंसी पालन शुरु गरेपछि भैंसीको दुध बेचेरै सांवा र ऋण भुक्तानी गरिसकेको उन्ले बताईन् । अहिले शोभाको गोठमा सानोठुलो गरी ४ वटा भैंसी छन् । एउटा भैंसी एक महिना अघि मात्रै ब्याएको छ । शोभाको दैनिकी अचेल भैंसीको हेरचाह गर्दै वित्ने गरेको छ । भैंसी पालन गरेर आत्मनिर्भर बनेको र परिवार खुसी रहेकाले आफुपनि खुसी रहेको उनको अनुभव छ । शोभा जस्तै धनमति हरिजनपनि आत्मनिर्भर बन्नु भएको छ । उनले पनि ऋणबाट एउटा भैंसी किनेपछि उनको आयआर्जनमा सहयोग पुगेको छ ।


शोभा र धनमति एउटा प्रतिनिधि पात्र मात्र हुन् । विभिन्न संघसंस्थामा लागेर मधेस समुदायका धेरै महिलाहरु सफलताको बाटो तर्फ लम्कीने गरेका छन् । शोभाकै गाउँ बिष्णुपुरामा सरकारको गरिबि निवारण कार्यक्रम अन्तर्गत सञ्चालन भएका विभिन्न सामुदायिक संस्थाहरुका महिलाहरु आयआर्जन तर्फ आकर्षित भएका छन् । ईन्द्रेणी सामाजिक विकास मञ्च बर्दघाटको साझेदारीमा सञ्चालन भएका ति संस्थाका सदस्यहरु भैंसी पालन, बाख्रा पालन, तरकारी खेती, घुम्ती पसललगायतका व्यवसायमा आबद्ध छन् । गरिबी निवारण कोष कार्यक्रम अन्तर्गत जिल्लामा चालिस संस्थाहरु रहेको छन् । त्यसमा १ हजार ८७ सदस्यहरु आबद्ध छन् । कोषले १ करोड १० लाख लगानी गरेको छ । शुरुमा सदस्यहरुले १० प्रतिशत रकम बचत संकलन गरेर कोषबाट आयआर्जन मुलक काममा लगानी गर्न रकम मांग गर्ने गरेका छन् ।


विभिन्न संस्थामा आबद्ध भई महिलाहरु आयआर्जन मुलक काममा संल्गन हुँदा उनिहरुको दैनिकिमा आर्थिक रुपमा सहयोगसँगै विभिन्न हिंसाहरु समेत न्यूनीकरण भएको देखिएको छ । मधेस समुदायमा अधिकांस महिलाहरु बेरोजगार, आयआर्जन मुलक काममा आवद्ध नहुँदा उनिहरुलाई आर्थिक समस्या समेत हुने गरेको छ । जसकारण विभिन्न हिंसा समेत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह