By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    4 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    4 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    4 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    5 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    10 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    10 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    10 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: पर्वतको गौरव डा. केसी राजदूतमा सिफारिस
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > पर्वतको गौरव डा. केसी राजदूतमा सिफारिस
पर्बत - PBTसमाज

पर्वतको गौरव डा. केसी राजदूतमा सिफारिस

साझासवाल
Last updated: April 20, 2016 4:08 am
साझासवाल
11 Min Read
Share

khadka kcपर्वत, त्रिभुवन विश्व बिद्यालय मानविकी संकाय अन्तर्गत अन्तराष्ट्रिय सम्बन्ध बिभागका निर्देशक डा. खड्क केसी जापानका लागी नयाँ राजदूतमा सिफारिस भएका छन् । पर्वतको बाजुङ १ पोखरेमा जम्मेका उनी बुधवार बसेको नेपाल सरकार मन्त्रीपरिषदको बैठकले केसीलगाएत अन्य २१ देशका लागि राजदूत सिफारिस गरेको थियो ।

तेजबहादुर पौडेल र कृष्णकुमारी पौडेलको माइला सन्तानका रुपमा वि.स २०२४ साल बैशाख २ गते जन्मेका उनी गाउँकै विद्यालयबाट आफ्नो शिक्षा हासिल गरेका थिए । तिलाहारमा रहेको नवजागृत उमाविबाट एसएलसी सम्मको शिक्षा हासिल गरेका केसी आइ. ए पिएन क्याम्पस पोखर र ।, वि.ए आर. आर क्याम्पस काठमाडौबाट गरेका थिए । त्यसपछि उनी गाउँकै महेन्द्र शिखरी उमाविमो शिक्षकका रुपमा शिक्षक पेशमा लागे । शिक्षक पेशमा लागेका उनी एम.ए पढ्नको लागि काठमाडौमा छिरे ।

काठामाडौमा एम.ए गर्दा उनी युनिर्भरसिटी टप गर्न सफल भए । युनिर्भसिटि टप गरेपछि उनी पोखराको पिएन क्याम्पसमा प्रध्यापकका रुपमा नियुक्ति भए । आफ्नो अध्यनलाई निरन्तरता दिदै गर्दा उनी छत्रवृत्तिमानै पिएचडी पास गर्नको लागि जापानमा पुगे । जापानमा पुगेपछि नेपालमा जापानले गरेको सहयोग तथा नेपाल र जापानको सम्बन्धका बारेमा थेसिस गरे । क्योटो विश्वविद्यालयका प्रोफेरका रुपमा  करिब डेढ बर्ष भिजिटिङका रुपमा काम गर्ने मौका पाए । २००९ मा  पिएचडी नागासाकी यूनिर्भसीटि जापनाबाट गरेका केसी  पिएचडी गरेपछि नेपालमा नै फर्के र नेपालमा काम गर्न थाले ।

विद्याबारिधी गर्ने क्रममा जापानमा रहेका विभिन्न लायन्ससँग मिलेर आफ्नो गाउँमा रहेका दुई विद्यालयलाई सहयो समेत गरे । बाजुङमा रहेको सरस्वतीमाविको स्तरउन्नती गरेर प्राविबाट मावि तहसम्म ल्याउनको लागि आवश्यक भौतिक पूर्वधार निर्माण तथा आर्थिक स्रोत संकलनको लागि सहयोग गरे भने देउपुर देउराली घुरुङसेरामा रहेको विद्याज्योति प्राविमा पाँच कोठे भवन निर्माणका लोगि पनि उनी जुटे ।

जापानमा रहदाँ १ महिनाको लागि अमेरीका क्लीफोर्निया युनिर्भसिटि, हवार्ड युनिर्भसिटिमा लोकतन्त्रको सिद्धान्तर तथा नीतिको बारेमा समेत अनुसन्धान गरे । त्यो लगत्तै जापानको क्याटो युनिर्भसिटिमा भिजिटिङ प्रोफेसरको रुपमा काम गरे भने नेपालमा आएर त्रिभुवन विश्वविद्यालयको मिआइआरडी डिपार्टमेन्टको प्रमुखका रुपमा काम गरे ।

एकेडेमिक क्षेत्रबाट काम गर्दै जिल्लामा रहेका विभिन्न सरकारी विद्यालयको भौतिक संरचना देखि शैक्षिक स्तरोन्तीको लागि तल्लीन हुने केसी जापानको लागि राजदूत सिफारिस भएपछि उनको गाउँ बाजुङमा खुसीयाली छाएको छ । बाजुङमा यतिबेला केसीलाई सरकारले जापानको लागि राजदूत सिफारीस गरेसँगै खुसीयाली छाएको छ ।

13043231_562405497261605_8549428342873781228_n

आमा कृष्णकुमारी पौडेलले देशका लागि आफ्नो छोराले गरेको योगदानको मुल्याङकन गर्दै सरकारले राजदूत नियुक्ति गरेको भन्दै आफ्नो छोराले नेपाल र जापान विचको सम्बन्धलाई अझ प्रगाढ बनाउनेमा विश्वस्त रहेको बताइन् । नेपाल र जापानविचको सम्बन्धमा अझै बढी निकटा  ल्याउनमा छोराले महोत्वपूर्ण योगदान गर्ने उनको भनाई छ ।  जापानबारे जानकार केसी जापानको नागासाकी विश्वविद्यलयमा अध्ययन गरिसकेका प्राध्यापक हुन ।

त्रिभुवन विश्वविद्यालय अन्र्तगत अन्तराष्ट्रिय सम्बन्ध विभागका प्रमुख समेत रहेका खड्काको विद्धता र उनको अन्तराष्ट्रिय सम्वन्धबारेको अनुभव समेतको आधारमा सरकारले डा.केसीलाई नयाँ राजदूतको रुपमा सिफारिस गरेको उनको भाई ठाकुर बहादुर क्षेत्रीले बताए ।जापानमा रहेका क्षेत्रीले सरकारले गरेको निर्णयप्रति जापानबासी नेपालीहरुले खुशी व्यक्त गरेको बताएका छन् । ठाकुर क्षेत्री पनि जापानको युनिर्भसिटीको अध्ययन पछि नागासाकीमा सरकारी कर्मचारीका रुपमा कार्यरत छन् । जापानमा रहेका क्षेत्रीले सरकारले गरेको निर्णयप्रति जापानबासी नेपालीहरुले खुशी व्यक्त गरेको बताएका छन् । हालसम्म जापानको लागि कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्दै आएका  गहेन्द्रराज राजभण्डारीको ठाउँमा सिफारिस भएका डा. केसीबाट जापानमा रहेका नेपालीहरुले राजभण्डारीको कार्यकालमा झैं छिटो छरितो सेवा र नेपाल जापान सम्वन्ध थप उचाइमा पुग्ने विश्वास गरेका छन् ।

भागबन्डामा २१ राजदूत सिफारिस

सरकारले बिनामापदण्ड, राजनीतिक भागबन्डाका आधारमा २१ जनाको नाम राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो । मन्त्रिपरिषद बैठकले मंगलबार कूटनीतिक सेवा (परराष्ट्र) बाट ८ र विभिन्न राजनीतिक दलको भागबन्डाका आधारमा १३ गरी २१ जनाको नाम राजदूतमा सिफारिस गरेको हो। परराष्ट्र सेवाबाट वरिष्ठताका आधारमा ८ जना सहसचिवलाई राजदूतमा सिफारिस गरिएको छ भने अन्य १३ जना बिनामापदण्ड पार्टीमा आबद्ध रहेकै आधारमा सिफारिसमा परेका छन् ।

राजदूतमा सिफारिस हुनेमा ३ जना पूर्वमन्त्रीसमेत रहेका छन् भने दूतावास नै नखोलेको देश अस्ट्रियाको लागि समेत राजदूत सिफारिस गरेको छ । सरकारले पहिलोपटक यति ठूलो संख्यामा एकैपटक राजदूतको नाम सिफारिस गरेको हो । मन्त्रिपरिषद बैठकबारे जानकारी दिँदै मुख्य सचिव सोमलाल सुवेदीले भने, ’रिक्त रहेको ओमानका लागि भने राजदूत सिफारिस गरिएको छैन ।’

राजदूतमा सिफारिस भएका परराष्ट्र मन्त्रालयका ८ जना वरिष्ठ सहसचिवमा दुर्गाबहादुर सुवेदी, रमेश खनाल, झविन्द्र अर्याल, लोकबहादुर थापा, प्रकाश सुवेदी, सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल र ऋषि घिमिरे छन् । सहसचिवहरु दुर्गाबहादुर, खनाल, अर्याल, थापा, प्रकाश, अधिकारी, पोखरेल र घिमिरे क्रमशः बेलायत, जर्मनी, इजिप्ट, बेल्जियम, अस्ट्रिया, पाकिस्तान, ब्राजिल र म्यानमारका लागि राजदूतमा सिफारिस गरिएको छ ।

राजनीतिक भागबन्डामा परेका १३ राजदूतमध्ये नेकपा एमालेका तर्फबाट ६ जना, एकीकृत नेकपा माओवादीतर्फबाट ४ र राप्रपा नेपालका तर्फबाट तीन जना छन् । एमालेको कोटाबाट राजदूतमा सिफारिस भएकोमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, एमाले पोलिटब्युरो सदस्य तथा पूर्व सामान्य प्रशासनमन्त्री युवराज कार्की, प्राध्यापक नारद भारद्वाज, एमाले केन्द्रीय सदस्य शिवमाया तुम्बाहाम्फे, त्रिभुवन विश्वविद्यालय इन्टरनेसनल रिलेसनको संयोजक तथा एमालेका पूर्व विदेश विभाग सदस्य खड्ग केसी र इन्जिनियर अलि अख्तर मिकरानी छन् ।

एमालेको कोटाबाट राजदूतमा सिफारिस परेका पाण्डे, कार्की, भारद्वाज, तुम्बाहाम्फे, केसी र मिकरानी क्रमशः चीन, दक्षिण कोरिया, श्रीलंका, इजरायल, जापान र साउदी अरबका लागि राजदूतमा सिफारिस भएका हुन् । माओवादी कोटाबाट राजदूतमा सिफारिस भएकोमा दोस्रो संविधानसभा निर्वाचनअघि एमालेबाट माओवादीमा प्रवेश गरेकी पूर्वसभासद लक्की शेर्पा, राइजिङ नेपालका प्रधान सम्पादक युवनाथ लम्साल, दलित आन्दोलनकर्मी पदम सुन्दास र प्राध्यापक महेन्द्र सिंह छन् ।

राजदूत सिफारिसमा परेका शेर्पा, लम्साल, सुन्दास र सिंह क्रमशः अस्ट्रेलिया, डेनमार्क, बहराइन र कतारका लागि सिफारिस भएका हुन् । यस्तै, राप्रपा नेपालबाट पूर्व गृहराज्यमन्त्री तथा कानुनमन्त्री निरञ्जन थापा, राप्रपा नेपालकै केन्द्रीय सदस्य तथा पूर्वजर्नेल भरतबहादुर रायमाझी र अर्का केन्द्रीय सदस्य तथा पूर्व शिक्षासचिव खगेन्द्र बस्नेतको नाम पनि राजदूतका लागि सिफारिस भएको छ । थापा, रायमाझी र बस्नेत क्रमशः रुस, युएई र बंगलादेशका लागि राजदूत सिफारिस भएका हुन् । राजदूतमा सिफारिसमा परेका पूर्वमन्त्रीमध्ये पाण्डे सुशील कोइराला नेतृत्व सरकारमा एमालेबाट परराष्ट्रमन्त्री थिए । एमाले पोलिटब्युरो सदस्य तथा पूर्व सामान्य प्रशासनमन्त्री कार्की एमाले नेता झलनाथ खनालनिकट मानिन्छन् ।

राजदूत सिफारिसमा परेका अर्का पूर्वमन्त्री थापा २०४६ को जनआन्दोलनअघि गृहराज्यमन्त्री र पूर्वराजा ज्ञानेन्द्रको शासनकालमा कानुनमन्त्री थिए । एमाओवादीबाट राजदूत सिफारिसमा परेकी शेर्पा पहिलो संविधानसभामा एमालेबाट सभासद थिइन् । उनी दोस्रो संविधानसभा निर्वाचनको केही दिनअघि मात्र माओवादी प्रवेश गरेकी हुन् । मंगलबार मन्त्रिपरिषद बैठकमा उनैको नाममा एमाले र माओवादी मन्त्रीबीच भनाभन चलेको थियो ।

स्रोतअनुसार एमालेले शेर्पाको नाम राजदूत सिफारिसबाट हटाउन चाहे पनि माओवादीको ठूलो दबाबपछि राजदूत सिफारिसको सूचीमा समावेश गरिएको थियो । सरकार फेरिएपिच्छे राजदूत नियुक्त गर्दा सधैँ मापदण्ड बनाएर मात्र सिफारिस गर्ने भनिँदै आए पनि यसपटक पनि सरकारमा सहभागी दलले बिनामापदण्ड भागबन्डाका आधारमा आफ्ना कार्यकर्ता सिफारिस गरेका हुन् । यसपटक सरकारले सर्वोच्च अदालत आदेश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुझावसमेत लत्याएर राजदूत नियुक्तिमा कार्यकर्ता पठाएका हुन् ।

राजदूत सिफारिस गर्दा प्रतिस्पर्धा र मापदण्ड बनाएर मात्र नियुक्ति गर्नुपर्ने माग गर्दै अधिवक्ता मञ्जु मरासिनीले सर्वोच्च अदालतमा २०७२ साउन २१ गते रिट दायर गरेकी थिइन् । सर्वोच्चले त्यसपछि सोही महिनाको २८ गते ’राजदूत नियुक्तिको आधार, मापदण्ड र त्यस्तो नियुक्तिलाई अन्तर्रा्ष्ट्रिय स्तरका सबै नागरिकले मर्यादा गर्ने प्रकारबाट निवेदनको मागलाई विपक्षीद्वारा सम्बोधन गर्न सक्ने नै छ’ भन्दै फैसला सुनाएको थियो ।

त्यसपछि अख्तियारले पनि नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई राजदूत नियुक्तिको स्पष्ट मापदण्ड बनाउन भनेको थियो । ’राजदूत एवं श्रमसहचारीजस्ता कूटनीतिक नियुक्ति गर्दा व्यक्तिको क्षमता, भाषाको ज्ञान, अनुभवजस्ता स्पष्ट मापदण्ड÷आधार बनाई गर्ने,’ अख्तियारले मन्त्रिपरिषद कार्यालय र परराष्ट्रलाई लेखेको पत्रमा उल्लेख छ ।

अहिले सरकारले परराष्ट्रका सहसचिवलाई वरिष्ठताका आधारमा राजदूत सिफारिस गरे पनि राजनीतिक कोटामा परेकालाई भने बिनामापदण्ड सिफारिस गरेको हो । ’नेपालमा राजदूत मात्र त्यस्तो पद हो जसमा राजनीतिक नियुक्ति हुन कुनै योग्यता तोकिएको छैन, जो कोही पनि हुन सक्छ,’ सरकारले मंगलबार गरेको राजदूत सिफारिसप्रति व्यंग्य गर्दै पूर्व परराष्ट्रसचिव मधुरमण आचार्यले प्रश्न गरे, ’घरको पर्खाल लगाउनेको त योग्यता खोजिन्छ  विदेशमा बसेर देशको प्रतिनिधित्व गर्नुपर्ने ठाउँमा भागबन्डाका आधारमा नियुक्त गर्दा हालत के होला ?’ सरकारले ओमानमा भने राजदूत सिफारिस गरेको छैन । ओमानका लागि राजदूतको कोटा विजय गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरम, लोकतान्त्रिकलाई छुट्याइएको थियो ।

फोरम लोकतान्त्रिकले मंगलबारको मन्त्रिपरिषद बैठकमा आफ्नो कोटामा परेको नाम दिन नसकेपछि त्यो बाहेकका २१ देशका लागि राजदूत सिफारिस गरिएको हो । सरकारले नेपाली दूतावास नै नखुलेको अस्ट्रियाका लागि समेत राजदूत सिफारिस गरेको छ । ’अस्ट्रियामा नेपाली दूतावास छैन र सरकारले खोल्ने निर्णय गरेको समेत हामीले थाहा पाएका छैनौं ।

दूतावास खोल्ने निर्णय नै नभएको ठाउँमा सरकारले राजदूत पठाउने निर्णय गर्दै नाम सिफारिस गर्दा हामी चकित छौं,’ परराष्ट्र मन्त्रालयस्रोतले भन्यो । मंगलबारको मन्त्रिपरिषद बैठकले अस्ट्रियामा दूतावास खोल्ने निर्णय गरेपश्चात राजदूत सिफारिस गरेको हुनसक्ने स्रोतको अनुमान छ ।

यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश मामिलाविज्ञ गोपाल खनालसँग जिज्ञासा राख्दा उनले पनि अस्ट्रियामा दूतावास खोल्ने विषयबारे आफूलाई कुनै जानकारी नभएको बताए । सरकारले २१ जनाको नाम राजदूतमा सिफारिस गरे पनि संसदीय सुनुवाइ समिति नहुँदा उनीहरुको राजदूतमा नियुक्ति हुन केही समय लाग्नेछ । सुनुवाइपश्चात राजदूतको नाम राष्ट्रपतिसमक्ष पठाइनेछ । त्यसपछि उनीहरुको एग्रिमो सम्बन्धित देशबाट स्वीकृत भएर आएपछि राष्ट्रपतिले राजदूतमा नियुक्त गर्ने प्रावधान छ ।

राजदूतमा को–को सिफारिस भए

परराष्ट्र सेवाबाट

१. दुर्गाबहादुर सुवेदी – बेलायत

२. रमेश खनाल – जर्मनी

३. झविन्द्र अर्याल – इजिप्ट

४. लोकबहादुर थापा – बेल्जियम

५. प्रकाश सुवेदी – अस्ट्रिया

६. सेवा लम्साल अधिकारी – पाकिस्तान

७. ताराप्रसाद पोखरेल – ब्राजिल

८. ऋषि घिमिरे – म्यानमार

एमालेबाट

१. महेन्द्रबहादुर पाण्डे – चीन

२. युवराज कार्की – दक्षिण कोरिया

३. नारद भारद्वाज – श्रीलंका

४. शिवमाया तुम्बाहाम्फे – इजरायल

५. खड्ग केसी – जापान

६. अलि अख्तर मिकरानी – साउदी अरब

एकीकृत माओवादीबाट

१. लक्की शेर्पा – अस्ट्रेलिया

२. युवनाथ लम्साल – डेनमार्क

३. पदम सुन्दास – बहराइन

४. महेन्द्र सिंह – कतार

राप्रपा नेपालबाट

१. निरञ्जन थापा – रुस

२. भरतबहादुर रायमाझी – युएई

३. खगेन्द्र बस्नेत – बंगलादेश

Share This Article
Facebook Email Copy Link Print
Previous Article बाबुराम भट्टराईले मधेशी जनतालाई मुर्ख बनाउदैछन् : मिश्रा
Next Article पर्वतको गौरव डा. केसी राजदूतमा सिफारिस
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

ललितपुर - LLTसमाज

फरार रहेका तीन प्रतिवादी पक्राउ

57 years ago
समाज

‘क’ श्रेणीका ठेकेदार खगेन्द्र बुढामगर पक्राउ

57 years ago
काठमाडौँ - KTMचितवन - CTWसमाज

दासढुङ्गामा यात्रुबाहक बस र ट्रक ठोक्किदा १९ जना घाइते

57 years ago
समाजसुर्खेत - SKT

सुर्खेतमा बसले किचेर एक किशोरीको मृत्यु

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?