२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

उर्लाबारी नगरको फोहोर व्यवस्थापनमा चुनौती

२० जेष्ठ २०७५, आईतवार ०७:०८

जेठ २०, मोरङ | फोहोर व्यवस्थापन जग्गा (ल्याण्डफिल साइट)को अभाव भएपछि यहाँस्थित उर्लाबारी नगरको फोहोर निजी जग्गामा व्यवस्थापन गरिएकोे छ ।

बढ्दो जनघनत्व र बजार विस्तारका कारण मोरङको दोस्रो ठूलो शहरको रुपमा परिचित उर्लाबारीमा फोहोर बढदै गएको तर विसर्जन गर्ने ल्याण्डफिल साइटको अभाव भएको हो । 

उर्लाबारी नगपालिकाको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी पाएको मेची महाकाली इन्भाइरोमेन्ट केयर प्रालिले विगत डेढ वर्षदेखि ल्याण्डफिल साइटको अभावमा निजी जग्गामा फोहोर व्यवस्थापन गर्दै आएको छ । नगरपालिकाले वार्षिक रु १५ लाखमा फोहोर व्यवस्थापनको जिम्मा उक्त प्रालिलाई दिएको थियो । 

सो प्रालिले २०७२ साल असार १ गतेदेखि उर्लाबारीमा पहिलो पटक फोहोर व्यवस्थापन गर्दै आएको हो । त्यसअघि फोहोर व्यवस्थापन स्वयम नागरिकले आफ्नै तबरले गर्दै आएको थियो । तीन वर्षअघि भएको सम्झौतामा ल्याण्डफिल साइट नगरपालिकाले व्यवस्थापन गर्ने उल्लेख गरिएको थियो ।

सो प्रालिका व्यवस्थापक नेत्रप्रसाद घिमिरेले नगरपालिकाले व्यवस्थापन गरेको उर्लाबारी–३ स्थित मंगलबारेको डेढ बिगाहा जमिन बक्राहा खोलामा आएको बाढीले २०७३ साल असारमा कटान गरेपछि ल्याण्डफिल साइटको अभाव झेल्दै आएको बताउनुभयो ।

नगरपालिकाले रु सात लाख २१ हजारमा बक्राहा खोला किनारमा किनेको एक बिगाहा सात कठ्ठा ११ धुर जग्गामा कुनै पूर्वाधार निर्माण नगरी फोहोर विसर्जन गर्दा बाढीले बगाएको थियो |

व्यवस्थापक घिमिरेले त्यसको केही महिनासम्म उर्लाबारी–६ स्थित निर्माणधिन बसपार्क छेउको मावा खोला किनारमा व्यवस्थापन गरिँदै आए पनि स्थानीयवासीको विरोधका कारण समस्या बल्झिएकाले उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोको आग्रहमा उर्लाबारी–१ स्थित झुम्राको आफ्नै निजी जग्गामा फोहर व्यवस्थापन गर्दै आएको बताउनुभयो ।

हाल नगरको बजार क्षेत्रको मात्र फोहोर व्यवस्थापनको जिम्मेवारी पाएकोले अन्य स्थानको फोहोर व्यवस्थापन गर्न केही समस्या भएकोले आगामी आर्थिक वर्षदेखि नगरभरको फोहोर व्यवस्थापन गर्न माग गर्दै सफा र सुन्दर नगर पार्न नगरबासीमा जनचेतनामूलक कार्यक्रमका साथै प्रर्याप्त बजेट, स्रोत साधनमा वृद्धि गर्न आवश्यक भएको व्यवस्थापक घिमिरेले बताउनुभयो ।

नगरमा हाल एक-एक वटा ट्रिपर र ट्याक्टरले दैनिक निस्किने १० टन फोहोर व्यवस्थापन गर्दै आएको छ । नगरपालिका प्रमुख फागोले सुन्दर सफा र समुन्नत उर्लाबारी सबैको साझा एजेण्डा भएकोले फोहोर व्यवस्थापका लागि डेढ बिगाहा जग्गा खरिद प्रक्रिया अन्तिमचरण पुगेको बताउनुभयो ।

ल्याण्डफिल साइट निर्माणका लागि विभिन्न दातृ निकायसँग सहयोग माग भइरहेको र यस विषयलाई नगरको बजेटमा पनि प्राथमिकतामा राखिने प्रमुख फागोले जानकारी दिनुभयो । 

रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली