पर्वत, नेपाल जेसिस जिल्ला शाखा पर्वतले कुश्मामा संचालन भैरहेको सफा कुश्मा अभियानमा सहगोर्थ हाास्यव्यग्य कार्यक्रमको आयोजना गरेको छ ।
जेसिसको केन्द्रिय कार्यक्रम अनुसार जिल्लामा रहेका युवाहरुलाइ सामाजिक कार्यमा सहभागी गराउनुको साथै उनीहरुको क्षमता विस्तार गर्ने उदेश्यले जेसिसले आफ्ना सदस्यहरुलाई विभिन्न क्षेत्रमा कृयाशिल गराउने भएकोले सोही अबसरमा जिल्लाको सरसफाइ अभियानमा सहयोग पुगोस भनेर विल्यु डाइमण्ड हाँस्यव्यग्य कार्यक्रमको आयोजना गरीएको जेसिस पर्वतले जनाएको छ ।
उक्त हाँस्यव्यग्य कार्यक्रममा हाँस्य कलाकार मनोज गजुरेल, दिपेश शाह, जादुगर तथा हाँस्यकलाकार महादेव त्रिपाठी, जानुवी बोहोरा, मिलन अमात्य मेरी बास्यैका मुलाका साग सुरेन्द्र केसी, शिवसंकर रिजाल लगाएतका आधा दर्जन भन्दा बढी राष्ट्रिय कलकारले आफ्नो प्रस्तुती देखाएका थिए ।
कार्यक्रममा कलाकारहरुले बर्तमान सरकारको बारेमा व्यग्य गरेका थिए । प्रमुख जिल्ला अधिकार झंकनाथ ढकालको प्रमुख आथित्यमा संचालन भएको कार्यक्रममा ढकालले युवाहरुले गरेको कार्य समाजका लागि प्रशंसा योग्य भएको बताए । जिल्लामा भएका हरेक युवाहरुले समाजको रुपान्तरमा यसरीनै भूमीका निर्वाह गर्ने हो भने समाजको विकास र प्रगति हुन बताए । कार्यक्रममा १ लाख ५० हजार भन्दा बढी संकलन भएको छ भने उक्त रकम सरसफाइए अभियानका लागि खर्च गरिने आयोजकले जनाएको छ ।