2026-09-19 11:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सम्पादकीय-जिल्लाको गौरव

मन्त्रिपरिषद बैठकले मंगलबार कूटनीतिक सेवा (परराष्ट्र) बाट ८    र विभिन्न राजनीतिक दलको भागबन्डाका आधारमा १३ गरी २१ जनाको नाम   राजदूतमा सिफारिस गरेको हो। परराष्ट्र सेवाबाट वरिष्ठताका आधारमा ८ जना सहसचिवलाई राजदूतमा सिफारिस गरिएको छ भने अन्य १३ जना बिनामापदण्ड पार्टीमा आबद्ध रहेकै आधारमा सिफारिसमा परेका छन् । राजदूतमा सिफारिस हुनेमा ३ जना पूर्वमन्त्रीसमेत रहेका छन् भने दूतावास नै नखोलेको देश अस्ट्रियाको लागि समेत राजदूत सिफारिस गरेको छ भने ’रिक्त रहेको ओमानका लागि भने राजदूत सिफारिस गरिएको छैन ।

सरकारले बिनामापदण्ड, राजनीतिक भागबन्डाका आधारमा २१ जनाको नाम राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो । सरकारले पहिलोपटक यति ठूलो संख्यामा एकैपटक राजदूतको नाम सिफारिस गरेको हो । यस पटक राजदुत नियुक्त मा पर्वतबाट दुइ जना सिफारिसमा परेका छन् । बाजुङ पर्वतमा त्रिभुवन विश्व बिद्यालय मानविकी संकाय अन्तर्गत अन्तराष्ट्रिय सम्बन्ध बिभागका निर्देशक डा. खड्क केसी एमालेको कोटाबाट जापानका लागी नयाँ राजदूतमा र  कुर्घा निवासी राईजिङ नेपालका प्रधान सम्पादक युवानाथ लम्साल डेनमार्ककालागि एमाओवादीबाट राजदूतमा सिफारिस भएका छन् ।

त्यसैगरी परराष्ट्र सेवाबाट दुर्गाबहादुर सुवेदी– बेलायत, रमेश खनाल–जर्मनी, झविन्द्र अर्याल–इजिप्ट,लोकबहादुर थापा–बेल्जियम, प्रकाश सुवेदी–अस्ट्रिया,  सेवा लम्साल अधिकारी –पाकिस्तान,  ताराप्रसाद पोखरेल– ब्राजिल , ऋषि  घिमिरे–म्यानमारका लागि चयन भएका छन् । त्यस्तै भागवण्डाको आधारमा एमालेबाट  महेन्द्रबहादुर पाण्डे – चीन, युवराज कार्की –दक्षिण कोरिया, नारद भारद्वाज – श्रीलंका, शिवमाया तुम्बाहाम्फे –इजरायल। अलि अख्तर मिकरानी – साउदी अरब रहेका छन् भने एमाओवादीबाट, लक्की शेर्पा –अस्टूेलिया, पदम सुन्दास–बहराइन, महेन्द्र सिंह–कतार रहेका छन् । त्यस्तै राप्रपा नेपालबाट निरञ्जन थापा – रुस, भरतबहादुर       रायमाझी – युएई,  खगेन्द्र बस्नेत– बंगलादेशका लागि सिफारिसमा परेका हुन् ।

राजनीतिक भागवण्डा होस या अन्य क्षेत्रबाट भएता पनि जिल्लाबाट पहिलो पटक दुइ जना राजदूतको लागि सिफारिस हुनु जिल्लाको लागि गौरवको विषय हो । नेपालको अन्य राष्ट्रसँगको सम्बन्ध सुमधुर बनााउनको लागि सिफारिसभएका राजदूतले रचानात्मक भूमिका निर्वाह गर्न सकेमा देशका विकासमा समेत केहि हदमा सहयोग पुग्ने देखिन्छ । जापान र डेनमार्कका लागि सिफारिस भएका केसी र लम्सालले पार्टीको कोटाको आधारमा राजदूतको सिफारिस पाएता पनि जिल्लाको एउटा गौरव बढाएका छन् भने यसलाई अझै शशक्त रुपमा लागेर देश र जिल्लाको नाम राख्न सक्नेछन् भन्ने विश्वास छ ।

हालसम्म राजदूत नियुक्तिमा जिल्लाबा पर्न सफल नभएता पनि यो बर्ष जिल्लाबाट दुइ देशका लागि राजदूत सिफारिस हुनु आफैमा गौरवको विषय हो । देश र विदेशमा रहेका नेपालीको समस्याको पहिचान र अन्तराष्ट्रिय जगतमा कुटनीतिक पहलका साथ राष्ट्रको लागि हितकारी कार्य गर्न सक्षम हुन् । नेपालीको गौरव अझै बढाउन सकुन यहि शुभकामना

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ