२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा ३ गुना बढी कैदीबन्दी भएपछी…

२१ जेष्ठ २०७५, सोमबार ०६:१२

जेठ २१, ताप्लेजुङ | क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी भएपछि जिल्ला कारागार ताप्लेजुङमा समस्या देखिएको छ । 

२५ जनाको क्षमता रहेको कारागारमा अहिले ९१ जना कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी भएपछि शौचालय, खानेपानी, भान्छा प्रयोगमा समस्या देखिएको छ भने सुत्नलाई समेत समस्या हुने गरेको निमित्त कारागार प्रमुख धनिराम सिंहले बताउनुभयो । कारागारमा छ वटा मात्रै आवास कोठा रहेका छन् ।

साँघुरो ठाउँमा असहजरुपमा सुत्नुपर्ने बाध्यता रहेको कैदीबन्दीको भनाइ छ । 

यस्तै तीन वटा मात्र चर्पी रहेका छन् भने बाथरुम छैन ।कैदीबन्दीको चाप बढेअनुसार खेल मैदान विस्तार नहुँदा खेलकुदमा पनि समस्या भएको छ भने पर्याप्त ठाउँ अभावले कैदीबन्दीलाई उद्योग चलाउनसमेत कठिन रहेको छ ।

यता छुट्टै उपचार कक्ष नहुँदा बिरामी परेका बेला बाहिरै बसेर स्वास्थ्य चेकजाँच गराउनु पर्नेसमेत बाध्यता रहेको छ । कैदीबन्दीको चाप बढ्दै गए पनि सेवा सुविधासहित क्षमता विस्तार नहुँदा लामो समयदेखि समस्या यथावत छ । कारागारको भवनसमेत जीर्ण बन्दै गएकाले कारागार सुरक्षामा चुनौती थपिएको बताइएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान