2026-09-19 11:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

उषाले गरिन्–आफुले पढेको विद्यालयमा नागासाकी भद्र सरस्वती अक्षयकोषको स्थापना

20160421_130647महेन्द्र केसी पर्वत, आफु पढेको विद्यालयमा यहाँकी एक छात्रले आफ्ना बाबुआमाको नाममा सात लाख बराबरको अक्षयकोषको स्थापना गरेकी छिन् । आफ्ना बाबु भद्र भण्डारी र आमा सरस्वती भण्डारीको नाममा  शिवालय उच्च माध्यमिक विद्यालयमा उनले नागासाकी–भद्र–सरस्वती अक्षयकोषको स्थापना गरेकी हुन् ।

पढाइएको शिलशिलामा जापानमा रहेकी उषा भण्डारी केसीले गरिब जेहेन्दार, असाहय, अपाङग, भूकम्प, द्वन्द्व पीडितलाई शिक्षा हासिल गर्नको लागि सहयोग पुगोस भनी उक्त अक्षयकोषको स्थापना गरेकोे बताएकी छिन् । उक्त अक्षयकोषको व्याजबाट प्राप्त हुने रकमबाट प्रत्येक बर्ष २० भन्दाबढी छात्रछात्रालाई छात्रबृत्ति प्रदान गरीने केसीले बताएकी छिन् ।उक्त अक्षयकोष विस्तारै बढाउँदै जाने पनि उनले बताएकी छन् ।

२०५६ सालमा प्रथम श्रेणीमा उक्त विद्यालबाट एसएलसी उत्र्तीर्ण गरेकी उनले आफ्नो बेलामा आर्थिक स्रोत नभएका कारण धेरै बालबालिका पढ्नबाट बञ्चित भएको देखेपछि आफुलाई विद्यालयमा आर्थिक सहयोग गरी केहि हदमा बालबालिकालाई सहयोग गर्नको लागि उत्सुक भएर जापानमै प्रकाशित हुन एक पत्रिका (नागासाकी) मा एउटा लेख छापेपछि उनलाई अक्षयकोष स्थापना गर्नको लागि सहयोग मिलेको बताइएको छ । 20160421_132105

जापानमा रहेको इन्टरनेश्नल एक्सेन्ज अर्गनाइजेशन -(international exchange origination ) को सहयोग र आफ्नो व्यक्तिगत लगानीमा यो अक्षयकोषको स्थापना भएको उनको भनाई छ । जापनामा रहेको नागासाकी इन्फफरमेशन विजनेश कलेज (Nagasaki information business college) मा  इन्फरमेशन कलेजमा अंग्रेजी जापानीज ( Nagasaki Information College ma Translater (English -Japanese )  भाषाको अनुवाद गर्ने पेशमा संलग्न छिन् ।
13045621_1099689783385191_986357766_n
विहिबार उनकी आमा भण्डारीले एक कार्यक्रमका विच चेक विद्यालयलाई चेक हस्तान्तरण गरेकी छिन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालीग्राम पाध्या र निमित्त प्राचार्य भुपेन्द्र चापागाईलाई संयुक्त रुपमा  चेक हस्तान्तरण गरेकी हुन् । उक्त रकम हस्तान्तरण कार्यक्रममा भूपू विव्यस अध्यक्ष विष्णुप्रसाद नेवार, भूपू प्राचार्य डा. चुडामणी शर्माले केसीको बाल्यकाल र उनले गरेको विद्यालयलाई सहयोगको चर्चा एवं प्रशंसा गरेका थिए ।

सानै उमेरदेखि केसी एक जेहेन्दार विद्यार्थी भएको र उनको लगाब र मेहनतले आज जापानमा रहेता पनि आफ्नो विद्यालयलाई माया गरी बाबुआमाको नामा अक्षयकोषको स्थापना गर्नु आफैमा गौरवको विषय भएको टिप्पणी गरे । बाल्यकादेखि नै खुला ह्दय र सहयोगी भावनाको भएको स्मरण गर्दै भने– विद्यालयले हजारौ सरकारी तथा गैरसरकार क्षेत्रमा काम गर्ने सक्षम जनशक्ति उत्पादन गरेर देश तथा विदेशमा पु¥याएता पनि उनीजस्तो कुशल र सहयोगी भावना भएको विद्यार्थी कमै भएको जिकिर गरे ।

विव्यसका अध्यक्ष पाध्याको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन शिक्षक लेखनाथ उपाध्ययाले गरेका थिए भने स्वागत एवं कार्यक्रमाथि प्रकाश शिक्षक कमलनाथ शर्माले पारेका थिए । सो कार्यक्रममा केसीकी आमा सरस्वती भण्डारीलाई सम्मान समेत गरिएको थियो ।

यस भन्दा अगाडी लायन्स कुश्मा सिटिको पहलमा जिल्लाका भूकम्प पीडितको लागि केसी र उनका श्रीमान ठाकुर बहादुर क्षेत्रीले ७ लाख भन्दा बढि विभिन्न विद्यालयका लागि राहत रकम संकलन गरी पठाएका थिए । भर्खरमात्रै जापानको लागि राजदूतमा सिफारिस भएका डा. खड्क केसीका ठाकुर र उषा भाइबुहारी हुन् ।

20160421_133504

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ