2026-10-23 08:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

ललितपुरमा घरायसी झगडाका मुद्दा बढ्दै

जेठ २२, ललितपुर | महानगरीय प्रहरी परिसर ललितपुरमा साउनदेखि यता मात्रै १४३ घरायसी झगडाका मुद्दा दर्ता भएका छन् । 
महिला तथा बालबालिका सेवा केन्द्रमा महिला हिंसाका विभिन्न घटना आइरहेका छन् ।
त्यसमा सबैभन्दा बढी घरेलु झगडाका घटना भएको केन्द्रका प्रमुख चञ्चला श्रेष्ठले बताउनुभयो । श्रीमान् र श्रीमतीबीच पारिवारिक र आर्थिक बेमेलका घटना बढी आउने गरेका छन् । धेरैजसो मध्यम र निम्न वर्ग तथा अशिक्षित व्यक्तिका मुद्दा प्रहरीसम्म आउँछ ।उहाँ भन्नुहुन्छ, “सम्पन्न परिवारका कोही महिला पीडित नै भए पनि समाजले के सोच्ला भनेर डराएर आउँछन् ।” 
दशकौँदेखि प्रहरीसम्म उस्तै प्रकृतिका झगडा आउने गरेका छन् ।
श्रीमान्ले खान लाउन नदिएको, नागरिकता र सन्तानको जन्मदर्ता नगराएको र अर्की श्रीमती ल्याएका मुद्दा अझै बढी छन् । 
प्रविधिको प्रयोग र सामाजिक जीवनमा आएको परिवर्तनले गर्दा नयाँखालका घटनासमेत प्रहरीसम्म आउन थालेको छ ।
विवाह नगरी सँगै बस्ने तथा इन्टरनेट वा प्रविधिको प्रयोगमार्फत हुने हिंसाका घटना प्रहरीका लागि नयाँ हुन् । श्रेष्ठ भन्नुहुन्छ, “कतिपय अवस्थामा महिला आफ्ना श्रीमान्ले दोस्रो विवाह गरेको भन्दै आउँछन् तर हामीले अनुसन्धान गर्दा विवाह नभई सँगै बसेका हुन्छन् ।” श्रीमान्–श्रीमतीको झगडामा पहिले श्रीमान् पीडक र श्रीमती पीडित हुन्थे । अहिले श्रीमतीबाट श्रीमान् पीडित भएका केही घटना प्रहरीसम्म आइरहेका छन् । 
साउनदेखि यता परिसरमा घरायसीबाहेक अरु झैझगडाका १४२ मुद्दा प्रहरीसम्म आएका छन् ।(रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने