Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सिन्धुपाल्चोकमा फेसबुकमार्फत चन्दा संकलन गरि एम्बुलेन्स खरीद

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ २२, चौतारा | सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– १३ ठूलो सिरुबारीका बासिन्दाले फेसबुकमार्फत चन्दा संकलन गरी एम्बुलेन्स खरिद गरेका छन् ।

सदरमुकामबाट १९ किमीको दूरीमा रहेका सो वडाका बासिन्दा बिरामी परेमा साधनको अभावमा समयमै अस्पताल पुग्न नसकी उपचारबाट वञ्चित रहनुपरेको स्थिति थियो ।

साविक ठूलो सिरुबारी गाविस हँुदा नै दुई वर्षअघि प्रत्येक घरधुरीबाट रु ५०० का दरले उठेको रु छ लाख मौज्दात थियो ।

फेसबुकमार्फत संकलित रु सात लाख ५० हजार, नगरपालिकाबाट प्राप्त अनुदान रु दुई लाख र वडाबाट रु एक लाख गरी कूल रु १६ लाख संकलन भएकामारु १२ लाख ५३ हजारमा एम्बुलेन्स खरिद गरिएको छ । बाँकी रकम चालकको तलब, इन्धन तथा मर्मतका लागि खर्च गरिने वडाध्यक्ष रामप्रसाद गौतमले जानकारी दिनुभयो ।

सो एम्बुलेन्सको भाडा अन्यका लागि जिल्ला अस्पतालले निर्धारण गरेअनुसार र वडावासीलाई भने ५ प्रतिशत छुट दिइने वडाध्यक्ष गौतमले बताउभयो ।(रासस)