२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

होमस्टेले उद्यमी बनायो बन्दीपुरका महिलालाई

२२ जेष्ठ २०७५, मंगलवार ०९:२९

जेठ २२, बन्दीपुर | “घरवास कार्यक्रम सञ्चालनसँगै यहाँका महिलाको आर्थिक प्रगतिसँगै व्यावसायिक दक्षता र व्यक्तित्व विकाससमेत भएको छ,” बन्दीपुर सामुदायिक होमस्टे (घरवास)समितिकी कोषाध्यक्ष कृष्णा थापाले भन्नुभयो । 
शुरु शुरुमा आगन्तुकसँग बोल्न लाज लाग्ने गरेको बताउँदै थापाले पछिल्लो समयमा घरवास कार्यक्रमले स्वःस्फूर्त रुपमा बोलीचालीका साथै पर्यटकसँग यहाँका हरेक विषयलाई राम्रोसँग वर्णन गर्नसक्ने भएको बताउनुभयो । 
व्यावसायिकताको विकासका साथै स्वरोजगार बन्ने लक्ष्यका साथ यहाँका २० घरका महिलाको सक्रियतामा २०६८ असोजदेखि होमस्टे कार्यक्रम शुरु गरिएको हो । थापाका अनुसार सामान्यतः एक घरमा आठ जनासम्म पाहुना राख्नसक्ने गरी व्यवस्था मिलाइएको छ । तनहुँको प्रमुख पर्यटकीय गन्तव्य मध्येमा पर्ने बन्दीपुर जान सदरमुकाम दमौलीबाट लगभग ३० मिनेट गाडीको यात्रापछि डुम्रे पुग्न सकिन्छ । 
डुमे्र बजारबाट लगभग एक घण्टा उकालो सडक पार गर्दै बन्दीपुर पुगिन्छ । तनहुँको पुरानो सदरमुकाम समेत रहेको बन्दीपुर पुगिसकेपछि पर्यटक टाकुरामा रहेका पुराना र ढुंगााले छाएका घर देख्दा मोहित हुन्छन् । वरपरका रमणीय पहाडी दृश्यले उनीहरूलाई लोभ्याउने गर्दछ । 
पर्यटकको आगमन बढ्दै गएपछि ठाउँ ठाउँमा होमस्टे कार्यक्रम सञ्चालन हुन थालेको सचिव माया सुनार बताउनुहुन्छ । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक थानी माई, खड्ग माई, सिद्ध गुफाका साथै टुँडिखेलको मैदानमा रमाउने गरेका छन् । यहाँबाट सुखौरा फाँट, बेँसीका फाँट, हिमाल, नदी खोला आदिको एकसाथ अवलोकन गर्न सकिन्छ । 
“होमस्टे सञ्चालनपछि महिलाको आर्थिक अवस्थामा सुधार आएको छ, उनीहरुको आत्मबलसमेत वृद्धि गरेको छ,” सुनारले भन्नुभयो । आन्तरिक पर्यटक वनभोजकै लागिसमेत बन्दीपुर आउने गरेका छन् । 
होमस्टे रोजेर आउने पाहुना स्थानीय खानाको परिकार र संस्कृतिमा रमाउने गरेका बन्दिपुर सामुदायिक होमस्टेकी अध्यक्ष दिलकुमारी रानाले बताउनुभयो । पछिल्ला वर्षमा होमस्टतर्फ पर्यटकको आकर्षण बढ्दै गएपछि आफूहरू उत्साहित बनेको रानाले बताउनुभयो । 
“पाहुनालाई घरमा बाँडफाँड गरी स्थानीय परिकार (गुन्द्रुक, दाल भात, अचार, ढिँडो, मासु आदि परिकार खुवाएर सांस्कृतिक कार्यक्रम गरिन्छ,” उहाँले भन्नुभयो, “बिहान कोदोको रोटी अचार नास्ताका रुपमा खुवाएर टीका माला लगाई बिदाइ गछौँं ।” 
होमस्टेमा पर्यटकसँग एक रात सुत्न र मासुसहितको खाना, बिहानको नास्तासहित रु सात सय लिने गरिएको छ । आफूहरूले अत्यन्त न्यून रकममा पर्यटकलाई राम्रो सेवा सुविधा दिने गरेको रानाको भनाइ छ । न्यून आम्दानी भएका पर्यटक पनि बन्दिपुर आएर होमस्टेमा बस्ने गरेका छन् । सरकारीस्तरबाट तालीम एवं अन्य सहयोग प्राप्त भएमा आगामी दिनमा अझै व्यवस्थित एवं प्रभावकारी रुपमा घरवास कार्यक्रम सञ्चालन गर्नसक्ने यहाँका महिला बताउँछन् ।(रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान