२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अपाङ्गता भएका ब्याक्तिहरुको दिगो विकास भत्ता र आरक्षणले मात्रै गर्न सक्दैनः सरोकारवाला

२३ जेष्ठ २०७५, बुधबार ०४:०८

जेठ–२३, अर्घाखाँची | अपाङ्गता भएका ब्याक्तिहरुको दिगो विकास भत्ता र आरक्षण ले मात्रै गर्न नसक्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । सरकारी वा गैह्र सरकारी क्षेत्रले दिने सिमित भत्ता र केही प्रतिशत आरक्षणले अपाङ्गताको दिगो ब्यवस्थापन हुन नसक्ने भन्दै उहांहरुले दिगो ब्यवस्थापनको निम्ती अपाङ्गताको प्रकारगत तहको पहिचान गरि स्वरोजगारको अवसर दिनुपर्नेमा जोड दिनुभएको छ ।

अपाङ्गता क्षेत्रको समृद्धिको निम्ती काम गर्ने संस्था विकलाङ्ग मित्र समुहको आयोजना र सन्धिखर्क नगरको समन्वयमा हिजो सन्धिखर्कमा सम्पन्न अपाङ्गता ब्यवस्थापन सम्बन्धि पांच बर्षे रणनितिक योजनाको मस्यौदा निर्माण कार्यक्रममा सुझाव दिने बक्ताहरुले यस्तो बताउनुभएको हो । आयोजक संस्थाको तर्फबाट बिषय बिशेषज्ञ कृष्ण प्रसाद भट्टराईको अध्यक्षता एवम् सहजीकरण,रक्षा पाण्डे के.सी.को स्वागत मन्तव्य र लेखनाथ पोख्रेलको संचालनमा सम्पन्न कार्यक्रममा सहभागिलाई चार समुहमा बिभाजन गरि मस्यौदा माथी सुझाव संकलन गरिएको छ । 


यस्तै कार्यक्रममा सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसाल,पाणिनि गाउंपालिका उपाध्यक्ष लक्ष्मी गौतम र पत्रकार महासंघ अर्घाखाँची अध्यक्ष हिम लेकाली लगायतले मन्तव्य राख्दै क्षमता अभिबृद्धि,नेतृत्व विकास,सिप मुलक तालिम जस्ता अभियान चलाई रोजगारीको सिर्जना गर्नु नै अपाङ्गता क्षेत्रको समस्या समाधानको उचित विकल्प हुन सक्ने भन्दै सोही अनुसार लाग्नुपर्नेमा जोड दिनुभएको छ । जिल्ला स्थित अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधि,सरोकारवाला सरकारी कार्यालयका प्रतिनिधि तथा पत्रकारहरुको समेत सहभागिता रहेको कार्यक्रममा शिक्षा,स्वास्थ्य,सामाजिकिकरण संगै यातायात क्षेत्र समेत अपाङ्गता मैत्री हुनुपर्ने सुझाव दिनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य