महेन्द्र केसी सवै आआफ्नो चालमा थिए…,आआफ्नो काममा व्यस्त थिए… तर एक्कासी भूकम्पले मानिसहरुलाई एकाएक तितरवितर बनायो । जताततै भागदौड बनायो । शिर उच्चपारी काठमाडौ हेरिरहेको धरहरा एकाएक ढल्यो बसन्तरपुर, भक्तपुर लगाएका ठाउँमा भएका एतिहासिक दरबार एकाएक ढले एकाएक मानिसको लासको खात बन्न पुग्यो ।
जताततै भौतिक संरचना भत्कदा मानिसलाई आक्रान्त पार्यो त्यो दिन बैशाख १२ गतेको दिन नेपालीको लागि कालो दिनका रुपमा मनमस्तिष्कमा छाप बसिरहेको छ । भूकम्पका कारण ८ हजार भन्दा बढि नागरिकले ज्यान गुमाए तर अझै कतिको त लास पनि भेटिएको छैन । हजारौको हाराहारीमा अंगभंग भएर अपाङग जीवन विताउन बाध्य छन्, लाखौको संख्यामा नेपाली घरबारविहिन बन्न पुगे । त्यो घाउले पटकपटक नेपाली जनतालाई पीडा दिइरह्यो । भूकम्पबाट घरबारविहिन बनेकाहरु अझै पालको भरमा सडकमा छन् तर अझै पनि त्यो दिनको पीडाले मानिसहरुलाई खुसीसाथ रहन दिएको छैन । त्रासमयी बनेर नेपालीले दिन गुजारेको त्यो घटनाको आज एक बर्ष पुरा भएको छ ।
भूकम्पले क्षतविक्षत बनाएको आज एक बर्ष पुरा हुदाँ पनि नेपालीमा उही पीडा र दुःख झेलिरहेका छन् । भूकम्पकै कारण हजारौ बालबालिका टुहुरा भए तर सरकार लाचार भएर बसिरहेको छ । भूकम्प गएको बर्षदिन पुग्दा पनि सरकारले अझै नागरिकलाई लोककल्याणकारी सरकारको प्रत्याभूति दिलाउन सकेको छैन । खोक्रो आश्वासनबाहेक सरकारले राहतमा नेपाली जनतालाइै केहि दिन सकेन । भूकम्पको घाउको पीडामा विदेशीले मलम लगाउन खोजे तर देशको भण्डारे बनेका शोषकहरुले विदेशीको मलमलाई आफ्नो फाइदाको लागि प्रयोग गरे । अझै कतिपय ठाउँमा भूकम्प पीडितले राहत पाउन सकेका छैन पाएका ठाउँमा पनि आवश्यकता अनुसारको राहत पुग्न सकेको छैन राहत वितरमा समेत राजनीतिकरण गर्नको लागि दलहरुले भ्याए अर्थात् भूकम्प पीडितमाथि पनि राजनीतिकरण भयो ।
पर्वतमा पनि भूकम्पका कारण झण्डै चार हजारको हारहारमा जिल्लाबासी घरबार विहिन बन्न पुगे । मानवीय क्षति नभोगता पनि जिल्ला सिन्धुपाल्चोकको जस्तो पीडा भोगेको थियो । बैशाख १२ गते ११ बजेसम्म आफ्नो घरमा बसेमा जिल्लाबासी एकाएक बारीको काल्नो र खेतका गरामा आश्रय लिन बाध्य भए । जिल्लामा राहत वितरणमा राजनीतिकरण गरीयो । पार्टीको सदस्य वा कर्याकर्ता भएको घरमा पटकपटक राहतको ओइरो लाग्यो तर गरीवको घरमा भूकम्प शत्रुनै बनेर आयो ।
कसैको घरमा राहतको थुप्रो लाग्दा कोहि पानीमा रुझेर राहतको प्रखाइमा थिए तर उनीको व्यथा देख्ने कोहि भएन जसका कारण भूकम्पको पीडामाथि पनि मानवीय सम्बेदनशीलता हरायो । जिल्लामा भएको नेता सांसद राहतका पोका बोकर गाउँ गाउँ गए र त्यो राहत उनीहरुले आफ्नो सिमित भोटर र कार्यकर्तालाई मात्रै थिए । अन्तराष्ट्रिय समुदायको मनमा दया पलायो राहत बोकेर नेपाल आयो तर नेपाल सरकार लाचार भएर, प्यारालाइसिस भएजस्तो गरी केवल नागरिकको पीडा टुलुटुलु हेरेर मात्रै बस्यो । जिल्लामा विदेशमा भएका विभिन्न संघसंस्थाले राहत रकम संकलन गरी पठाए तर त्यो राहत बास्तवीक पीडितको घरमा पुग्न सकेन । तर पनि नेपाली आफ्नो धैर्यको बाँध कहिल्यै टुट्न दिएनन् आफ्नो पीडामा आफै मलम लगाउन सके÷कोसिस गरिरहे ।
अब नेपालीहरु सारा पीर र भूकम्पको घाउलाई भूली जारी भएको नयाँ संविधानको कार्यान्वनको लागि दबाब दिन अग्रसर हुदै उही हिमाल पहाड र तराइसँग मितेरी गाँस्दै अगाडी बढ्नु शिवाय अरु विकल्प छैनन् त्यसैले यो घटनालाई एतिहासिक र कालो दिनका रुपमा लिएर सवै कुरालाई भुलेर नयाँ नेपाल र पुर्ननिर्माणमा जुट्नुपर्छ । हाम्रो अगाडी अब यहि बाँकी छ । विस्तारै निको हुदै गएको घाउलाई कोट्याएर र केवल त्यसमा मात्रै चिन्ता लिएर पनि विकासका कार्य हुन सक्दैन । त्यसैले आम नेपाली अब देशका भएको क्षतीलाई आफ्नो विकासको अबसरका रुपमा पहिचान गरी अगाडी बढ्न सक्नुपर्छ ।
हाम्रो भौतिक संरचना ढले पनि हाम्रो मन ढलेको छैन त्यसैले देशलाई विकासको बाटो तर्फ लैजानको लागि एकताबद्ध भएर अगाडी बढ्नुपर्छ । संरचना ढलेपनि नेपालीको शिर अझै झुक्न सकेको छैन र झुक्न दिनुपनि हुदैन । शिर सधासधाको लागि उच्च राख्न र नेपाली जस्तो सुकै समस्याको पनि हाँसीहाँसी समधान गर्नको लागि शिपालु छन् भन्ने सवैलाई विश्वास दिलाउन सक्नुपर्छ । अझै हाम्रा हिमाल उच्च छन्, सुन फलाउने फाँटहरु हामीलाई खोजीरहेका छन् ।
छाँगा छहरा उहि भाका र संगितमा रमाइरहेका छन् । डाँफे मुनाल आफ्नै श्ुरमा छन् त हामी नेपाली किन अझै पनि त्यही कुरालाई सम्झेर आफ्नो भोलीको दिनलाई अन्धकार बनाउनको लागि तल्लीन हुने । सारा जगत उज्यालो बनाउन नसकेपनि एकएक नेपालीले एकएक मैनबत्ती बाल्ने हो भने देश उज्यालोमय हुनेछ अनि सिंगो देश हिमालको काखमा बुद्धको साथमा पुन उही तरीकाले रमाउनेछ। यहि नै हाम्रो लागि भुकम्पको घाउ निको हुने सहज तरीका हुनेछ । त्यसैले हिजो भएका कुरालाई भुली भोलीको लागि र नयाँ नेपाल निर्माणको लागि सारा नेपाली हातेमालो गर्दै अगाडी बढ्न सक्नुपर्छ यहिनै नेपाली र नेपालको लागि खुसी र गौरवको गाथा बन्नेछ । अनि भूकम्पबाट क्षेतविक्षेत भएको नेपाल उही पुरानै खुसीमा फर्किनेछ ।