२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सरकार अब आफ्नै कारणले ढल्छ- कोइराला

२०७३, १२ बैशाख आईतवार १३:५२

shekhar_koiralaपर्वत, नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले एमाले नेतृत्वको सरकार अब आफै ढल्ने बताएका छन् । सरकार आफ्नै कारणले अब चाडैनै ढल्ने बताउँदै कोइरालाले त्यसपछिको सरकारको नेतृत्व नेपाली काँग्रेसले गर्ने बताए । आइतबार कुश्मामा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेकाले प्रतिपक्षको भूमीका खेल्न नसकेता पनि सरकार आफै ढल्ने उनले बताए । कालोबजारीयालाई पालेको सरकार कालोबजरीयाबाटै चलेको भन्दै अब सरकारको विकल्प नेकाले नभई जनताले खोज्ने समेत बताए । “सरकार कालोबजारीयाको आफै नाइके छ” अब छिट्टैनै ढल्छ उनले भने ।

संविधानको निर्माण पनि नेकाले ग¥यो अब त्यसको कार्यन्वयन गर्न पनि नेकानै सरकारमा जाने उनले बताए । नेपाली काँग्रेसको १३ औ महाधिवेशनका कारण नेकाले आफ्नो प्रतिपक्षको भुमिका निर्वाह गर्न नसकेको बताउँदै कोइरालाले अबको दिनमा नेका सडकमा उत्रिने समेत बताए । सरकार ढलाउनको लागि आफ्नो पाटीले कुनै भूमिका निर्वाह नगर्ने तर आफ्नो पार्टीको सांगठनिक एकता मजबूज बनाउनको लागि पनि सडकमा उत्रिने भन्दै त्यसको लागि तयारी अबस्थामा बस्नको लागि समेत कार्यकर्तालाई  निर्देशन दिए ।

नेकाका भाद्री संगठनको लामो समयदेखि निर्वाचन नभएका भन्दै अब भाद्री संगठनको निर्वाचनको लागि सवैलाग्नुपर्ने समेत बताए । १३ औं महाधिवेशनमा पार्टीको विधेयक सम्सोधन गर्ने तयारी गरीयतामा पनि दुई नेताविच भएको विवादका कारण त्यसो हुन नसकेको भन्दै कोइरालाले अब पार्टीको विधानलाई समेत परिमार्जन गर्दै लैजानुपर्ने बेला आएको बताए ।

प्रतिपक्षमा बस्ने पालो  एमालेको
कोइरालाले अब सरकारको प्रतिपक्षमा बस्ने पाले एमालेको आएको रहस्य खुलाएका छन् । सरकार आफ्नै गती र बोझका कारण चाँडैनै ढल्ने र त्यसलगत्र्तै नेका सरकारमा जाने र एमाले प्रतिपक्षमा बस्ने बताए तर उनले कहिले भन्ने कुरा भने खुलाउन सकेनन् । राजदूत नियुक्तिमा  भएको राजनीतिकरण प्रति नेकाले चाँसो नदेखाएको बताए । सरकारमा भएका पार्टीका मान्छे राजदूतमा नियु्क्ति गरे त्यसमा चित्त दुखाउनु पर्दैन उनले भोली हाम्रो सरकार बन्छ हामी एमालेका कुनै पनि निकायमा मान्छे राख्दैनौं ।

एमालले न्यापालीकामा समेत आफ्नो पार्टीको डम्फु बजाउने कोसिस गरेको समेत उनले आरोप लगाए । कार्यक्रममा नेका पर्वतमा सांसद अर्जुप्रसाद जोशी, सांसद रत्न शेरचन, पूर्व सांसद ऋषिकेश तिवारी, नवराज गुरुङ, नेका पर्वतका सभापति खिमप्रसाद भुषाल, पूर्वसभापति लालकाजी गुरुङ लगाएतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा