पढ्न करिब 1 मिनेट लाग्छ

जेठ २४ म्याग्दी | विगत तीन दिनदेखि दैनिक आठ घण्टाभन्दा बढी समयसम्म विद्युत् सेवा कटौती गरेको विरोधमा नेपाल विद्युत् प्राधिकरण, बेनी वितरण केन्द्रको कार्यालयमा तोडफोड गर्न पुगेका चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार राति अबेरसम्म पनि विद्युत् नदिएको भन्दै धर्ना बस्न भन्दै प्राधिकरणको कार्यालय अगाडि जम्मा भएको समूहले कार्यालयमा तोडफोडसमेत गरेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मंगलबार रातको करीब १० बजे कार्यालयमा पसेका केही व्यक्तिले कार्यालयभित्र भएको टेलिफोन, चारवटा झ्यालको सिसासमेत फुटाएको कार्यालयले बुधबार अबेर जनाएको छ ।

रातका समयमा कार्यालय तोडफोड गर्ने कार्यमा संलग्न रहेका रामबहादुर थापा, हरिबहादुर शाक्य, दिलीप बरुवाल र गंगा थापालाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिनुभयो ।

पक्राउ परेकामध्ये हरिबहादुर शाक्य राप्रपाबाट निर्वाचित जिल्ला समन्वय समितिका सदस्य हुनुहुन्छ । पक्राउ परेकालाई सार्वजनिक मुद्दाअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको प्रनाउ बुढामगरले जानकारी दिनुभएको छ । रासस