रमेश सेन्चुरी, पर्वत । जातिगत बिभेदलाई मुख्य बिषय बनाएर प्रस्तुत गरिएको फिल्म बाटो मुनिको फुल–२ हेर्न आउने दर्शकहरुको बाग्लुङ र म्यादीमा हलहरुमा ओईरो लागेको छ । गत शुक्रवार बाट रिलिज भएको बाटो मुनिको फुल–२ रिलिज भएकै दिनदेखी दर्शकको ओईरो लागेको हल सञ्चालकहरुको भनाई छ । देशभर ६५ हल पाएको यस फिल्मलको पहिलो शो हेर्न आएका दर्शकहरुले फिल्म अत्यन्तै राम्रो प्रतिकिया दिएका छन् ।
आफुले हल सञ्चालक गरेको १६ बर्ष भयो तर यसरी दर्शकहरुको ओईरो लागेको पहिलो पटक हो । देख्दा अत्यन्तै खुसी लागेको कालिका मन्दिर हलका सञ्चालक नविन खड्काले भने– म आज अत्यन्तै खुशी भएको छु । नेपाली फिल्म बास्ताविक समाजको यर्थात चित्रण गर्नसके फिल्म राम्रो चल्ने उनले दावी गरे ।
यता,नेपाली समाजमा विद्यमान जातीय विभेदलाई फिल्मको मुख्य विषय बनाइएको यश कुमारले जानकारी दिएका छन् । ‘‘बाटोमुनिको फूल’ को सफलतापछि त्यस्तै प्रवृत्तिको फिल्मको माग दर्शकहरूबाट आएकाले सिक्वेल निर्माण गरेका हौं,’ यशले भने, ‘जातीय छुवाछूतको चपेटामा परेका कथित दलित जातिको कथा फिल्मले बोल्छ । समग्र नेपाली समाजको यथार्थ चित्र फिल्ममा देखाउने प्रयत्न गरेका छौँ ।’
उनले फिल्मको ९० प्रतिशतभन्दा बढी छायांकन झापामै गरिएको जानकारी दिँदै कतिपय नपत्याउँदा स्थानलाई समेत फिल्ममा खिचिएको जनाए । ‘२०४० साल र अहिलेको झापा दुवै कालखण्डलाई फिल्ममा समेटेका छौं,’ उनले भने, ‘फिल्ममा झापाकै कलाकारहरूको समेत उल्लेख भूमिका छ ।’
सिक्वेलको निर्देशन सुवर्ण थापाले गरेका हुन् । युवा वर्गलाई लक्ष्य गरी बनाइएको ‘बाटोमुनकिो फूल २’ बाट पैसा र समयको सदुपयोग हुने अर्का नायक बाबुले दाबी गरे । ‘यो फिल्म हेर्दा बेकारमा पैसा नाश भयो भन्ने दर्शकलाई लाग्नेछैन,’ उनले भने, ‘प्रेम, रोमान्सका साथै सस्पेन्स थ्रिलर छ फिल्ममा ।’
उक्त फिल्ममा यश र बाबुका अलवा दिलीप रायमाझी पनि नायकको भूमिकामा देखिनेछन् । ऋचा शर्मा, रिमा विश्वकर्मा र अशिष्मा नकर्मी नायिका छन् भने अर्पण थापा खलपात्र छन् । । भेट्रान अभिनेताहरू टीका पहाडी, गणेश उप्रेती तथा अभिनेत्री शुभद्रा अधिकारीको अभिनयले फिल्म दमदार बनेको यशले ठोकुवा गरे । राजधानी लगायत मोफशलका हलहरुमा शुक्रवार देखी आईतवारसम्म आउँदा चलचित्रले १ करोडको हारहारीमा व्यापार गर्न सफल रहेको चलचित्र निर्माण यूनिटिले जानकारी दिएको छ ।