८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

छोरालाई कतारमा मृत्युदण्डको सजाय सुनाइएपछि…

२४ जेष्ठ २०७५, बिहीबार ०७:५०

गोपालप्रसाद बराल/जेठ २४, बर्दिवास | ‘हजुर, आब हमसभ केकर भरोसा मे जियब ?’ (हजुर, अब हामी कसको भरोसामा बाँच्नु) आफ्नो आसाभरोसाको एक मात्र छोरा अनिल चौधरीलाई कतारमा मृत्युदण्ड कार्यान्वयन गर्ने त्यहाँको अदालतको आदेशले विह्वल बनेकी महोत्तरी जिल्लाको औरही नगरपालिका–१ की करीब ५० वर्षीया देवी चौधरीले बुधबार बिहान सञ्चारकर्मीसँग भन्नुभयो । 


वैदेशिक रोजगारीमा सन् २०१५ को अगष्ट महिनामा कतार गएका २३ वर्षीय अनिललाई कतारी नागरिक उमेर मोहम्मद उमेर अल रमजालनी अल नाउयोमीको हत्या अभियोगमा करीब तीन महिनाअघि गत मार्चमा त्यहाँको प्रारम्भिक अदालतले दोषी ठहर गर्दै सुनाएको मृत्युदण्डको सजाय अब गोली हानेर कार्यान्वयन गर्ने आदेश गरेपछि औरही–१ को चौधरी परिवार चिन्तामा डुबेको छ । 

‘नई हजुर, हमर बौवा बड सज्ञान अई, उ ककरो माइर नई सकैछै’ (होइन हजुर मेरो बाबु (छोरा) धेरै ज्ञानी छ, उसले कसैलाई मार्नै सक्दैन) देवीले भक्कानिँदै भन्नुभयो– ‘ओकरालेल किछ सोइच दिय, हमसभ बौवाक् साथ में बुढारी काइट सकी’ (तपाइँहरुले उबारे केही सोची दिनुस्, हामी छोराको साथमा बुढ्यौली काट्न सकौँ) । 

अनिललाई गरिएको मृत्युदण्डको फैसला कार्यान्वयन गर्न त्यहाँको प्रारम्भिक अदालतले आदेश गरेको खबर फैलिएपछि अहिले औरही–१ स्थित भाडामा बसेका चौधरी परिवारको डेरा अगाडि आफन्त, छरछिमेकको बाक्लो आवतजावत बढेको छ । आफूहरुप्रति सहानुभूति दर्साउन आउने जोसुकैसँग अनिलका बाबु करीब ६० वर्षीय श्यामकिशोर चौधरी र आमा देवी बिलौना गर्दागर्दै मुच्र्छा पर्छन् । नजिक हुनेले चिसो पानी छेपेर बौराएपछि फेरि दुवै बूढाबूढी बिलौना गर्न थाल्छन् । 

‘दुनु बेटीके सादी कैलावाद सब भरोसा ओकरे में टिकल छल, मुदा भगवान् के हमरा सभक खुशी मञ्जुर नई भेल’ (तीन सन्तानमध्ये दुई छोरीको विवाहपछि सबै आशा उसमैं टिकेको थियो, तर, भगवान्लाई हाम्रो खुशी मञ्जुर रहेनछ), बाबु श्यामकिशोर चौधरीले बिलौना गर्दै आगन्तुकसँग भन्नुभयो–, ‘अहाँँ सभगोटे ओकर कल्याणक लेल पुकारा किया दियौँ, जे हमर बेटा के हमसभ देख पावी’ (तपाइँहरु सबैले उसका लागि पुकारा गरी दिनोस्, ताकि हामी छोरा हेर्न पाउँ) । 

आफ्नो घर लडेपछि नजिकै एउटा कोठा भाडामा लिएर ठेलागाडामा सानो व्यापार गरेर गुजारा चलाउँदै आएका श्यामकिशोरको ठेला अब थन्किएको छ । दिनहुँ अनिलबारे चासो राख्दै आफन्त र शुभचिन्तकको ओइरो लागेपछि यो परिवार झन् विह्वल हुने गरेको छ । 

‘एत्त सभ के देखैछी, मुदा हमर बौवा नइ अई, कि जानु हे भगवान् कोन दिन देखलेल हमरा जीवित रखने छह’ (यहाँ अरु सबै देख्दैछौँ, तर हाम्रो बाबु छैन, के जानौँ हे भगवान्, कस्तो दिन हेर्न हामीलाई जिउँदो राखेका छाँै) 

बिलौना गर्दागर्दै बूढा ढल्दा बूढीले थुम्थुम्याउने र बूढी ढल्दा बूढाले थुम्थुम्याउने गरेका यी बूढाबूढीको छोरो निर्दोेष भएकाले न्याय पाउने आश भने मरेको रहेनछ । 

‘निचका अदालत के फैसला मे अपन कतार में रहवाला नेपाल के हाकिमसभ उपरी मुद्दा पहुचौने अई’ (त्यहाँको तल्लो अदालतको फैसला हाम्रा कतार बस्ने नेपाली हाकिमले माथिको अदालत पु¥याएका छन्), बाबु श्यामकिशोरले आँगनभरि जम्मा भएका आगन्तुकलाई सुनाउँदै भन्नुभयो–, ‘अहाँँसभ एत्त स ओत्ततक पहल किया दियौँ, हमर बौवा चैल आओत’ (तपाइँहरु यहाँ (काठमाडौँ) देखि वहाँ (कतार) सम्म पहल गरी दिनोस्, हाम्रो बाबु (छोरा) आउँछ । 

कतारको जेलमा रहेका छोरा अनिलले आफू निर्दोष रहेको बताउँदै आएको र कतारस्थित नेपाली राजदूतावासले सर्वोच्च अदालतमा मुद्दा पुर्याएको कुरा बुझेको यो दम्पतीले सर्वोच्चबाट न्याय पाएर छोरा छुट्ने आश मारेको छैन । पछिल्लो पटक परराष्ट्र मन्त्रालयले सर्वोच्चमा मुद्दा लड्ने खर्च जुटाएर दूतावासलाई पठाएको कुरा थाहा पाएपछि छोरो छुटेर आउने आश चौधरी दम्पतीले सँगालेको औरही–१ का राजनीतिक, सामाजिक कार्यकर्ता सरोज यादव बताउनुहुन्छ । ‘उ असल र मेहनती युवा हो, उ निर्दोष सावित भएर फर्कने कुरामा उसका बाबुआमा र हामी छिमेकीको आश मरेको छैन’ यादवले भन्नुभयो । 

ढलेको घर रहेको ठाउँमा सातधुर घडेरी र चौडीमा सात कट्ठा जग्गा भएको चौधरी दम्पतीको भरणपोषण भने अनिलले पठाउने रकमबाट हुँदै थियो । सन् २०१७ को अप्रिलमा पक्राउ पर्नुअघि साढे तीन लाख रुपैयाँ रकम अनिलले पठाएको बाबु श्यामकिशोरको भनाइ छ । पठाएको पैसाले ऋण तिरेर आफूहरुको खेवा खर्च पनि चल्न पुग्ने भएपछि अब चै आउने रकम सञ्चिता हुन्छ भन्ने आश पालेका चौधरी दम्पतीलाई छोराको अवस्थाले दयनीय अवस्थामा पु¥याएको छ । 

‘कि लिखल हई भाग में, कि जानी’ (के लेखिएको छ, भाग्यमा के जानौँ) छाति पिट्दै रोइरहेकी पत्नी देवीलाई फुल्याउँदै श्यामकिशोरले ढाडस दिँदै भन्नुभयो–, ‘भगवान् में भरोसा करु, सब ठिक भजायत’ (भगवानमा भरोसा गर, सब ठीक हुन्छ) । 

नेपालबाट कामका लागि कतार पुगेका अनिल त्यहाँको एक कम्पनीमा लेवरको रुपमा कार्यरत थिए । अहिले कतारस्थित नेपाली दूतावासले अनिलको जीवनरक्षाका लागि कतारको सर्वोच्च अदालतमा अपिल गरेको छ । 

कतारस्थित नेपाली दूतावासले नेपाल सरकारसँग उनको जीवनरक्षाको लागि पहल गर्न ३० हजार रियाल (करीब रु ६० लाख) माग गरेको छ । दूतावासको उक्त प्रस्तावबारे परराष्ट्र मन्त्रालयमार्फत श्रम मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा छलफल भइरहेको सूचना आफूले पाएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताउनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जरिवाना तोकेपछि एमाले महासचिवले भने– मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो जिल्ला प्रशासन महोत्तरीका नासु घुससहित पक्राउ आज काठमाडौँको यी स्थानमा ७ घण्टा विद्युत् अवरूद्ध हुने दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना दैलेखमा यात्रुवाहक बस दुर्घटना यी हुन् मन्त्रिपरिषद्का निर्णय मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’ महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ: शंकर पोखरेल काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो