2026-09-19 12:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

दमकको एड्भान्स हस्पिटलमा पहिलोपटक हाडजोर्नीको सफल शल्यक्रिया

जेठ २४, दमक | यहाँस्थित दमकको एड्भान्स मल्टिस्पेसियालिटी हस्पिटलमा पहिलोपटक हाडजोर्नीको सफल शल्यक्रिया गरिएको छ । 

हाडजोर्नीमा जटिल किसिमको यसखाले शल्यक्रिया करीब पाँच घण्टा लगाएर सफलतापूर्वक गरिएको अस्पतालले जनाएको छ । 

अस्पतालका अनुसार गत जेठ १८ गते मोटरसाइकल दुर्घटनामा परेर दाहिने खुट्टा भाँचिएका झापा, कमल गाउँपालिका–५ का प्रकाश गुरुङको सफलतापूर्वक शल्यक्रिया गरिएको हो । शल्यक्रियापछि गुरुङ अस्पतालको जनरल शय्यामा उपचाररत हुनुहुन्छ । गुरुङलाई मोटरसाइकलले ठक्कर दिएको थियो । 

गुरुङको शल्यक्रिया हाडजोर्नी रोग तथा नशा रोग विशेषज्ञ अनुप पोखरेलसहितको चिकित्सक टोलीले गर्नुभएको अस्पतालले जनाएको छ । 

अस्पतालले हालैमात्र हाडजोर्नी, नशारोगसम्बन्धीको समेत विशेषज्ञ सेवा उपलब्ध गराएपछि जटिल किसिमका जटिल शल्यक्रिया शुरु गरिएको अस्पतालका अध्यक्ष शेरबहादुर भट्टराईले जानकारी दिनुभयो । भारतको एपोलो अस्पतालबाट विशेषज्ञता हासिल गरी डा पोखरेल हालैमात्र दमकको एड्भान्स अस्पतालमा आबद्धता हुनुभएको थियो । 

विसं २०७१मा स्थापित सो अस्पतालले हाडजोर्नीअघि अन्य चिरफारसम्बन्धी शल्यक्रिया गरिआएको जनाइएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो