२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुका युवाहरु योग विज्ञानप्रति आर्कषित (फोटोफिचर)

२५ जेष्ठ २०७५, शुक्रबार १०:५९

नन्द बहादुर रोकाया/जेठ २५ मुगु | मुगुको सदमुकाम गमगढीमा ५ दिने निशुल्क योग बिज्ञान शिविर चलेपछि मुगुका युवा युवती बिहानै शिविरमा पुगेर योग बिज्ञानका बारे जानकारी लिइरहेका छन् । 

छाँयानाथ रारा नगरपालिकाको आर्थिक सहयोग तथा पतञ्जलि योग समिति मुगुको आयोजनमा निशुल्क योग शिविर संचालन भएपछी मुगुका युवा युवतीहरु योग विज्ञान प्रति आर्कषित भएका हुन । छाँयानाथ रारा नगरपालिकाले गएको आर्थिक बर्षको कार्यायोजनामा  नगरपालिकाको प्रत्येक बस्तिमा एक गाँउ एक योग शिबिर संचालन  गर्ने कार्यक्रम पारित गरेपछी मुगुमा वृहत योग बिज्ञान शिविर सञ्चालन गरिएको हो । 


योग शिबिरमा नगरपालिकाको प्रत्येक वडामा तिन देखि चार जनासम्म युवायुवतिलाई प्रशिक्षण गराई योग शिक्षक उत्पादन गरेर प्रत्येक गाँउमा योग  शिबिर संचालन  गर्दै प्रत्येक घरमा योग बिज्ञान पुर्याउने लक्ष्यका साथ जिल्लामा पहिलो पटक निशुल्क योग शिबिरको आयोजना गरिएको र योग शिबिरमा अन्य उमेरका सर्बसाधरण भन्दा युवा पुस्ताको बढी सहभागिता रहेको पतञ्जली योग समिति मुगुका अध्यक्ष जय बहादुर मल्लले जानकारी दिए । 

पाँच दिने योग शिबिरमा १ सय भन्दा बढीको सहभागिता रहेको छ भने योग शिक्षक प्रशिक्षणमा ६० जना युवा युवतिले आफनो नाम दर्ता गराई प्रशिणमा सहभागिता रहेको छ उक्त शिबिरमा पतञ्जली योग समितिका केन्द्रिय अध्यक्ष लव देब मिश्रले प्रशिक्षण  दिईरहेका छन ।  सडक यातायात र हवाई यातायाता दुबैको पहुच पुगेपछी बिशेष गरि नगरपालिकामा बसोबास गर्ने युवाहरु दुब्र्यसनि र कुलत तर्फ लाग्न थालेछी  उनिहरु लाई कुलतबाट  हटाउनका लागी योगा बिज्ञानले ठुलो सहयोग गर्ने भएकाले  युवाहरु आफै श्वतस्र्फुत यो शिबिरमा सहभागिता भएको पाईयो यो सकारत्कम हो ।योग बिज्ञान लाई  जिल्लाको अन्य गाँउपालिकाको बस्ति र बिद्यालय सम्म लैजानका लागी सम्बन्धित निकाय संग समन्वय गरेको र निकट भबिस्यमै ग्रामिण बस्तिमा समेत योग शिबिर पुर्याउने मल्लले बताए ।


योग बिज्ञानबाट स्वस्त मात्र नभई आफुमा रहेका मानसिक चिन्ता समेत हट्ने भएकाले आफु योग निरन्तर गर्दै आएको कारणले आफुमा अहिले कुनै खाले तनाब र समस्या नरह रहेको छैन आफनो थाईराईडका समस्याकै कारणले तनाव उत्पन्न भई कुन बेला आफनो ज्यान जान्छ भन्ने लाग्थ्यो जव योग गर्न थाले अहिले कुनै समस्या  छैन । योगाले शरिर लाई ठुलो सहायता गर्ने भएकाले सरकारले अनिबार्य रुपमा बिद्यालयको पाठ्यक्रममा समेत समेटनु पर्ने योगा गर्दे आएकि सम्झना शाहले बताईन । शाहका अनुसार बेरोजगार भएकै कारण , कुलत र दुब्र्यशनी तिर बिशेष गरी युवाहरु बढी देखिएकाले  अन्तत युवाहरुने बढी आत्म हत्याका घटना संलग्न भएकोले यस्ता खाले घट्ना निरुत्साही गर्न योग बिज्ञानले ठुलो मद्धत गर्ने हुदा युवाहरुलेनै योग बिज्ञान लाई बिश्वास गर्नु भनेको राम्रो पक्ष भएको उनले बताईन ।आफनो स्वास्थ्य स्वस्थ र तनाव मुक्त रहनका लागी योग बिज्ञानले ठुलो सहयोग पुर्याउने भएकाले आफु योग बिज्ञानको शिक्षक बन्न लागेको छाँया नाथ रारा नगरपालिका—३ का २६ बर्षिय बेनि खड्का बताउछन । उनको लक्ष्य  योग शिक्षक बनेर आफनो घर देखि वडाका सबै घरमा योग शिक्षा पुर्याउने रहेको बताए । बिशेष गरी बरोजगार भएकै कारण  आफना उमेरका युवा साथीहरु कुलतमा फस्न लागेकोले त्यस्ता युवाहरु लाई योग शिक्षा दिदै एक असल युवामा परिणत गर्नका लागी योग शिक्षकको प्रशिक्षण लिन लागेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा