३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शसस्त्र गणमा मल्याङ्दीखोलाको पानी ल्याईने

१५ बैशाख २०७३, बुधबार ०४:११

पर्वत, शसस्त्र प्रहरी वल चण्डिका गण कुश्मालाई खानेपानीको समस्या समाधान हुने भएको छ । चण्डिका गणले  मल्याङ्दीखोला स्थित नाकेदहदेखी खानेपानी ल्याउने गरि सम्झौता भएको हो । आज स्थानीय राजननितिक दल, उपभोक्ता समिति, र ससत्र प्रहरी वल चण्डिका गणविच सम्झौता भएको हो ।

जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख प्रेमप्साद डोटेल, ससत्र प्रहरी वल चण्डिका गणका एसपी कृष्णकुमार थापा क्षेत्री, ससत्र प्रहरी वल चण्डिका गणका डिएसपी हर्कराज पन्त, नेपाली काँग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य कृष्णप्रसाद लामिछाने, नेकपा एमाले मुडिकुवाका प्रतिनिधी काशीनाथ गौँडेल, मल्याङ्दी सिचाई योजना मुडिकुवाका सचिव लिलाधर गौँडेल लगायतले दुई पक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरि शसस्त्रत्र प्रहरी वललाई बिना रोकतोक खानेपानी उपलब्ध गराउने सम्बन्धमा सम्झौता गरेका हुन् ।

सम्झौतामा शसस्त्रत्रलाई १ ईन्च पाईप वराबरको पानी दिने सम्झौता भएको छ । यसअघि एक महिनादेखी खानेपानी ल्याउने बारेमा दुईपक्षका बिचमा छलफल भएको थियो । मल्याङ्दीखोला प्रभावित क्षेत्रका बासिन्दाले अन्तत १ ईन्च पानी दिन सकारात्मक भएपछि ससत्र प्रहरी वल चण्डिका गणमा खानेपानी ल्याउने योजना सफल हुने भएको हो ।

ससत्र प्रहरी वल चण्डिका गणका डिएसपी हर्कराज पन्तले दोहोरो सम्झौतामा खडेरी परेको खण्डमा र किसानलाई विउ राख्ने समयमा स्थानीयलाई पानी दिने गरि सम्झौता भएको पनि उल्लेख गरे । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले भोलीदेखी नै योजनाको काम थाल्ने भएको छ ।

अवको एकहप्ता भित्रै मल्याङ्दीखोलावाट शसस्त्र प्रहरी गणमा पानी झार्ने गरि काम हुने कार्यालय प्रमुख प्रेम प्रसाद डोटेलले जानकारी दिनुभयो । वडागाउँमा ससत्र प्रहरीको गण स्थापना भएदेखी नै ससत्रले चुवा स्थित बडरे खोलावाट पानी ल्याएर प्रयोग गर्दै आएको छ । उक्त योजनाको सम्झौता बैशाख ५ गते सकिएको छ । करिव ७ सय जना जनशक्ति रहेको चण्डिका गणलाई अहिले खानेपानीको समस्या रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट