2026-09-19 12:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

५ वटा झोलुङ्गे निर्माण हुदै

पर्वत जिल्लामा एक पछी अर्को लामा र अग्ला झोलुङ्ग पुलहरु निर्माण गर्नेक्रम जारी छ । लामो र अग्लो झोलुङ्गे पुलहरुको जिल्लाको नामबाट पहिचान बनाएको पर्वतमा चालु आर्थिक बर्षमा थप ५ वटा झोलुङ्गे पुलहरु निर्माण हुने भएका छन् ।

जिल्ला विकास समिति पर्वतले दिएको जानकारी अनुसार पर्वतका विभिन्न ग्रामीण क्षेत्रका खोलाहरुमा चालु आर्थिक बर्षमा थप पाँचवटा छोटो झोलुङ्गे पुलहरु निर्माण हुने भएका हुन । जिल्लामा दुईवटा अग्ला झोलुङ्गे पुलहरु निर्माण सम्पन्न भईसकेका छन् भने अर्को एउटा अग्लो पुल निर्माणधिन अवस्थामा रहेको छ ।

जिल्लामा हालसम्म एक सयवटा झोलुङ्गे पुलहरु निर्माण सम्पन्न भईसकेको जिल्ला विकास समिति पर्वतका सव इन्जिनियर शिव बरालले जानकारी दिए । १ सय २० मिटर लम्बाइसम्मको झोलुङ्गे पुल स्थानीय निकाय र उपभोक्ता समिति मार्फत निर्माण गरिन्छ भने १ सय २० मिटर भन्दा माथिका पुलहरु केन्द्रबाट ठेकेदार कम्पनी मार्फत निर्माण हुने गरेको छ । जिल्लामा चालु आर्थिक बर्षमा उपभोक्ता समिति मार्फत ५ वटा झोलुङ्गे पुलहरु निर्माणको तयारीमा रहेको जिल्ला विकास समितिले जनाएको छ ।

चालु आर्थिक बर्षमा शंकरपोखरी र ठानामौला जोड्ने लमायखोलाघाट झोलुङ्गे पुल, भगरा र शंकरपोखरी जोडने खाल्टेखोला झोलुङ्गे पुल, नियाल्नीघाट झोलुङ्गे पुल, कमल जैसीथान झोलुङ्गे पुल , गेडी खोला माथि घनघनेघाट झोलुङ्गे पुलको निर्माण कार्य शुरु हुन लागेको छ । एक सय २० मिटर भन्दा थोरै लम्बाई भएका यी पुलहरुको निर्माण कार्यका लागि जिल्ला विकास समिति र स्थानीय गैह्र सरकारी संस्थाहरुले प्राविधिक तथा सामाजिक सहयोग उपभोक्ता समितिहरुलाई गर्दै आएका छन् ।

छोटा झोलुङ्गे पुलहरु निर्माण गर्नका लागि नेपाल सरकारको क्षेत्रगत कार्यक्रम (स्वाप), जिल्ला विकास समिति, गाउँ विकास समितिको आर्थिक सहयोग रहेको छ । यस्ता पुलहरु निर्माणका लागि भने स्थानीय उपभोक्ताहरुले बढिमा ३ प्रतिशत श्रमदान समेत गर्नुपर्ने जिल्ला विकास समिति पर्वतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो