५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भारतको ४ सहर: इन्धनको भाउ राज्यपिच्छे फरक, नेपालको भन्दा कति महँगो ?

२७ जेष्ठ २०७५, आईतवार ०६:०२

जेठ २७, काठमाडौँ | भारतीय बजारमा पेट्रोलको भाउ बढ्दा नेपालमा पनि त्यसको असर हुन्छ । नेपालमा पछिल्लो समय सरकारले इन्धनको भाउ बढाउनुको कारण पनि भारतीय बजारकै मूल्य वृद्धिको असर हो । तर नेपालमा भन्दा भारतमा इन्धनमा भाउ निकै महँगो छ । 

पछिल्लो १२ दिनमा भारतमा इन्धनको मूल्यमा केहि सस्तो भएको छ । तर भारतमा राज्य पिच्छे इन्धनको भाउमा फरक छ । भारतको राजधानी दिल्लीमा अन्य राज्यको तुलनामा इधनको भाउ सस्तो छ । शनिबारको मूल्यलाई आधार मान्ने हो भने दिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर नेपाली रुपयाँ १२४ रुपयाँ ८५ पैसा छ, जुन नेपालको हालको मूल्य भन्दा ११ रुपयाँ ८५ पैसा सस्तो हो । 

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसंगै त्यसको असर नेपाल-भारतमा पनि पर्छ । पछिल्लो समय इन्धनको मूल्य घट्दै जाँदा नेपालमा पनि सरकारले बढाएर ११३ रुपयाँ पुर्याएको पेट्रोलको मूल्य केहि घट्न सक्ने देखाएको छ ।  

त्यस्तै भारतमा डिजलको मूल्य नेपाली पैसा अनुसार प्रति लिटर १०८ रुपयाँ ९६ पैसा रहेको छ । जुन नेपालको हालको मूल्य भन्दा झन्डै १४ रुपयाँ महँगो हो । नेपालमा डिजेलको मूल्य अहिले ९५ रुपयाँ तोकिएको छ । 

भारतको ४ राज्यमा इन्धनको मूल्य कति कति ?

(मूल्य नेपाली रुपयाँ अनुसार)

दिल्ली: (पेट्रोल) १२२.८५/- (डिजेल)  १०८.९६/- 

कोलकाता: (पेट्रोल) १२७.१०/- (डिजेल) ११३/- 

मुंबई: (पेट्रोल) १३५.३८/- (डिजेल) ११६/-

चेन्नई: (पेट्रोल) १२७.५०/- (डिजेल) ११५/- 

यदी मुम्बईको तुलनामा नेपालको पेट्रोलको भाउ तुलना गर्ने हो भने नेपालमा मुम्बई भन्दा पेट्रोलको मूल्य २२ रुपयाँ ३८ पैसा सस्तो पर्छ ।  त्यस्तै डिजेलको भाउ मुम्बईमा भन्दा नेपालमा २१ रुपयाँ सस्तो पर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता