2026-09-19 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको सातबीसेमा ग्राण्डी अस्पतालको निशुल्क स्वास्थ शिविर सम्पन्न

जेठ २७ नुवाकोट | नुवाकोटको तादीगाउँपालीका ४ सातबीसेका बासिन्दा घरदैलोमै नि:शुल्क स्वास्थ्य सेवा पाउँदा खुसी भएका छन् । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

राजधानी काठमाडौबाट नजिकै पर्ने भए पनि स्वास्थ्यलगायत विभिन्न आधारभूत सुविधाबाट वञ्चित रहेका उक्त क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्य ले ग्राण्डी अस्पतालले स्थानीय संघ सस्था सङ समन्वय गर्दै  नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । उक्त शिविरमा नवजात शिशु को साथै  करीब ९० बर्ष सम्मका बृद्ध बृद्दा हरुले सेवा लीएका थीए । वृद्धवृद्धा पनि लट्ठीको सहारामा घन्टौं हिंडेर शिविरमा आएका थिए । समुन्द्रटार कि ७८ वर्षीया सुन्तलीमाया थिङ २ घण्टा पैदल हिंडेर स्वास्थ्य परीक्षण गराउन शिविरमा आइपुगेकी थिइन् । उनी दमरोगले ग्रसीत थीइन । डाक्टरको परामर्श र निशुल्क औषधि प्राप्त गरेपछी उनले खुशी हुँदै भनीन ” हामी गरीब लाई उपचार गराउन पैसा छैन, यो शिबिर ले हामीलाइ मद्दत पुर्याएको छ । 

राजधानी काठमाडौबाट नजिक भए पनि यातायात, विद्युत्, खानेपानी र स्वास्थ्य सेवाबाट वञ्चित रहेको यस क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको ग्राण्डी अस्पतालले जनाएको छ  । सबैजसो समुदायको बसोबास रहेको यो क्षेत्रमा ग्राण्डी अस्पतालले  स्वास्थ्य शिविर सञ्चालन गरेको पहिलो हो । शिविरमा करीब ३०० स्थानीय बासीन्दा ले सेवा प्राप्त गरेको अस्पताल ले जनाएको छ । ।

शिविरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, र  स्थानीय नुवाकोट सीटी अस्पतालका  चिकित्सक टोलीले बालरोग, स्त्रीरोग, हाडजोर्नी तथा नशारोग, दम, छातीदुख्ने  रोगसम्बन्धी परीक्षण गरेका थिए भने लायन्स क्लबले ब्यवस्थापन गरेको थीयो ।

परीक्षणमा ५ जनामा नशासमन्धी  र एक ३ जनामा फोक्सोको समस्या भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई