२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

बन्दका कारण जिल्लामा ईमरजेन्सी औषधी समेत अभाव

१८ आश्विन २०७२, सोमबार ०६:०१

अजयकुमार साह/ असोज १८,
उदयपुर ।
निरन्तरको बन्द, हडतालका कारण उदयपुरमा सामान्य औषधी देखी अत्यन्त जरुरीपर्ने औषधीको
चरम अभाव देखिएको छ ।
केही दिन यता जिल्ला अस्पताल उदयपुरमा साधारण औषधी र अत्यन्त जरुरी औषधीको अभाव
देखिएको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य प्रमुख डाक्टर चुमनलाल दासले बताउनुभयो । करिब डेढ
महिनाको निरन्तर बन्दका कारण मौज्दातमा रहेको औषधी सकिएको र थप औषधी जिल्लामा नआएकोले औषधीको अभाव
देखिएको डाक्टर दासले बताउनुभयो ।

सरकारले करिब ७० किसिमका
औषधीहरु स्वास्थ्य निकायहरुबाट निशुल्क वितरण गर्ने गरेकोमा हाल अधिकाँश औषधी सकिएको जनाईएको छ । सरकारी
निशुल्क औषधी हाल जिल्ला स्वास्थ्य कार्यालय अन्तर्गतका निकाय र निजी विक्रेताकाँहा समेत औषधीको अभाव
देखिएको छ । सदरमुकाम स्थित जिल्ला अस्पताल र गाविस स्थित स्वास्थ्यचौकी लगायतका सरकारी अस्पताल र निजी
औषधी पसलहरुमा समेत औषधीको अभाव देखिएको हो ।

अस्पताल देखि
लिएर खुद्रा औषधी पसलमा समेत पर्याप्त मात्रामा डाक्टरको निर्देशन अनुसारको औषधी समेत नपाईरहेको
विरामीहरु बताउँछन् ।

जिल्ला अस्पतालमा मौज्दातको रुपमा राखिएको
निशुल्क बाडिने औषधी लगभग सकिएको हुनाले अस्पतालमा जाँचचेक पछि लेखिएको औषधी समेत दिन नसकिरहेको बताउँछन
जिल्ला स्वास्थ्य कार्यालयका सुपरिटेण्डेण्ट डाक्टर चुमनलाल दास । विरामीलाई लेखेको सवै किसिमको औषधी
दिन नसकिरहेको बताउँछन स्थानिय औषधी विक्रेता विजय मेडिकलका प्रोपाइटर विजय कुमार साह । स्थानिय
शिवशक्ती मेडिकल हलका फर्मेसी सहायक जितेन्द्र कुमार महतोका अनुसार भण्डार गरिएको औषधी विक्री भईसकेको र
थप आउन नसकेका कारण अभाव देखिएको हो । उनले अर्डर गरिएको औषधी यातायात अवरुद्धका कारण कतै बाट आउने
अवस्था समेत नरहेको बताएका छन् ।

डाक्टर दासका अनुसार
अत्यन्त जरुरी औषधी मोटरसाईकलमा लहान, विराटनगर लगायतका स्थानहरुबाट आपूर्ति गर्न बाँध्य भएको बताउनुभयो
। केही समय यता भाईरलको प्रकोप, निमोनिया जस्ता विरामीहरुको सङख्या बढ्ीरहेकोले विरामीको चाँपका कारण
समेत औषधी अभाव देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ