३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सम्पादकीय-अशोभनीय कदम

१६ बैशाख २०७३, बिहीबार १२:३६

खेल, खेलाडी आफैमा देशको लागि गौरव र एक मात्र यस्तो विषयबस्तु हो जहाँ नेपालको झण्डालाई अगाडी लिएर देशको गुनगान गाइने गरिन्छ । जहाँ राजनीतिका झण्डा हैन देशको चन्द्रसुर्र्य झण्डालाई अगाडी बाँकेर देशको गाथा गाउँदै एक आपसमा मिलेर विजयको लागि नीतिहरु  तर्जुमा गरीन्छ । निस्वार्थ भावनाका साथ आफ्नो क्षमता प्रर्दशन गर्ने थलोका रुपमा मानिएको खेलकुद क्षेत्र अन्तरगत  जिल्लामा चलिरहेको सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएका नगरपालिका भित्रका विद्यालयहरुले खेलमा शिल्ड आफ्नो पक्षमा लिनका लागि गैरजिम्मेवारी हर्कत गरेको खुलेको छ ।

विद्यालय स्तरका छात्रछात्रालाई समावेश गरी विद्यालय स्तरबाट खेलाडी उत्पादन गर्ने , बालबालिकामा भएको आन्तरीक प्रतिभालाई प्रष्फुटन गर्ने उदेश्यका साथ संचालन हुने कार्यक्रमा आफ्नो विद्यालको लागि रनिङ शिल्ड ल्याउनको लागि र त्यसमा आफ्नो मात्रै एकाधिकार जमाउनको लागि नक्कली विद्यार्थी अर्थात् क्लब र उच्च मावि तहका विद्यार्थीलाई सहभागी     गराई यहाँका विद्यालयले जून हर्कत देखाएका छन् त्यो अशोभनीय र  गैरजिम्मेवारीका साथ सम्मानको लागि तुच्छ बनेको सावित भएको छ । लगातार दुई पटक रनिङ शिल्डमा आफ्नो कब्जा जमाएका विद्यालयहरुले यस पटक आफ्नो विद्यालयले विजय हासिल गर्न नसकेमा शिल्डबाट हात धुनुपर्ने सोचमा परि यस्तो हर्कत गरेको बुझिएको छ भने अन्य विद्यालयले पनि शिल्डमा आफ्नो नाम राख्नको लागि गैरजिम्मेवारी पन देखाएको खुलेको छ ।

मावि तहसम्मका उमेरको हिसाबले भन्ने हो भने बढीमा १६ बर्ष सम्मका छात्रछात्रा समावेश हुने प्रतियोगितामा आफुभन्दा ठूलो र बढी उमेरका विद्यार्थी समावेश गर्दा बालबालिकाको मानसपटलमा समेत नराम्रो प्रभाव  परेको छ । भने विद्यालयले यस अघिका आयोजनमा पनि गैरजिम्मेवारी पन देखाएको हुन सक्ने आकलन गर्न सकिन्छ ।

आफ्ना विद्यालयका छात्रछात्रामाथि विश्वास नगरी उनीहरुको प्रतिभालाई कुल्चेर जून पद र सम्मानको लागि अशोभनीय जून हर्कत गरेका छन् त्यसले उक्त विद्यालय विद्यार्थीप्रति कति बफदार छ भन्ने कुरामा समेत प्रश्न उठेको छ । यस्तो अशोभनीय हर्कत गर्ने विद्यालयको नाम सरोकारवाला निकायले सार्वजानिक गरी हुनीहरुलाइ तत्काल कारवाहीको दायरामा ल्याई खेलमा समावेश गरीनु हुदैन भने कम्तीमा पाँच बर्षसम्म जिल्ला स्तरीय कुनै पनि कार्यक्रममा सहभागी नुहने गरी निलम्बन गर्ने नीति तर्जुमा गर्नुपर्छ तबमात्र यस्ता गैरजिम्मेवारी पन देखाउने र देखाउन खोज्ने विद्यालय सजक र सचेत हुनेछन् । यस तर्फ सवैको ध्यान जानु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट